उज्ज्वल भविष्य लागि नियमित वचत भन्ने मुल नारासहित एकता सहकारी संस्था लिमिटेड बागलुङको २० औ बार्षिक साधारणसभा सम्पन्न भयो ।सानो वचत, सानो स्तरको ऋण लगानी गरेर आफ्नो शेयर सदस्यको आर्थिक स्तर बृद्धि गर्दै आएको कारण यो सहकारी बागलुङको राम्रो सहकारी बन्न सफल भएको २० औ साधारणसभामा संस्थाका संरक्षक पध्मचन्द्र राजभण्डारी र देवबहादुर श्रेष्ठले बताए ।


साधारणसभा सहकारीका सचिव महेशचन्द्र प्रधानले सहकारीले प्रगति प्रतिवेदन प्रस्तुत गर्दै शेयर सदस्यहरूको हितको लागि आधुनिक संचारसंग जोड्दै मोवाइल बैकिंङ कार्यक्रम शुरूवात गरिसकेको सहकारीका जेष्ठ सदस्यलाई चाडबाड खर्च दिदै आएको बताए ।
साधारणसभामा एकता सहकारी संस्था लिमिटेडका पुर्व अध्यक्ष कृष्णशंकर श्रेष्ठ, बागलुङ उद्योग बाणिज्य संघका अध्यक्ष जयराम भारी ,नेपाल पत्रकार महासंघका पुर्व अध्यक्ष राजेशचन्द्र राजभण्डारी , जिल्ला सहकारी संघ बागलुङका सदस्य अशोक गोविन्द राजभण्डारीले सहकारीलाई सरकारले ३ खम्बे नीति ल्याएको छ । 
सहकारीले सरकारलाई बढी कर तिर्दै आएको छ तर त्यो अनुसारको व्यवहार भने नदेखिनु दुखको कुरा भएको हुदा यसलाई सुधार गर्नुपर्ने धारणा राखेका थिए ।बागलुङ सदरमुकाममा २० वर्ष अगाडि स्थापना भएको सहकारीका ८ सय शेयर सदस्यको ६ करोड ५७ लाख ५८ हजार
शेयर पुजी रहेको सहकारीले आर्थिक बर्ष २०७४र२०७५ मा८७ करोड ४२ लाख ९६ हजार ८ सय ६९ रूपैयाँ ४९ पैसा कारोबार आम्दानी ४ करोड नौ लाख ९१ हजार २ सय रूपैयाँ ९ पैसा खर्च ३ करोड १६ लाख ८९ हजार ८ सय १ रूपैया ६३ पैसा सहकारीले खुद मुनाफा ९३ लाख १ हजार ४ सय ८ रूपैयाँ १६ पैसा गरेको कोषाध्यक्ष सुरेन्द्र जंग राजभण्डारीले बताए ।
साधारणसभामा सहकारीमा एक बर्षमा उत्कृष्ट कारोवार गर्ने शेयर सदस्य सुरेन्द्र श्रेष्ठ र मंगलादेवी श्रेष्ठलाई सम्मान गरिएको थियो ।एसईइ परिक्षामा उत्कृष्ट अंक ल्याउने शेयर सदस्यका छोराछोरी लाई नगद प्रसंसापत्र सहित सम्मान गरिएको थियो ।साधारणसभाको अध्यक्षता सहकारीका अध्यक्ष ध्रुव शर्मा स्वागत सहसचिव पवनलाल राजभण्डारी संचालन सचिव महेशचन्द्र प्रधानले गरेका थिए ।



















































































































































































































