जिल्लाको ढोरपाटन नगरपालिका १ बुर्तिबाङमा बिभिन्न आईटिएफ दोजोको
सञ्चालनमा २६ औं बेल्ट टेस्ट कार्यक्रम सम्पन्न भएको छ । ढोरपाटन
नगरपालिकामा १ बुर्तिबाङमा सञ्चालित न्यु मोर्डन आईटिएफ दोजो, बोबाङ
स्थित ढोरपाटन उत्तरगंगा आईटिएफ दोजाङ र वडिगाड १० मा रहेको निगपानी
आईटिएफ दोजाङको संयुत सञ्चालनमा ह्वाईट बेल्ट देखि रेड बेल्ट सम्मका
करिब ८० जना खेलाडी बिधार्थीको बेल्ट टेस्ट कार्यक्रम सम्पन्न गरीएको हो ।
आयोजित कार्यक्रमको प्रमुख अतिथिका रुपमा रहनुभएका नेपाली कांग्रेस बागलुङ
क्षेत्र नं २ का सभापती एवम चेम्बर अफ कर्मस बागलुङका अध्यक्ष दोर्ण कुमार
कुवंरले कार्यक्रम उद्घाटन सहित बोल्दै खेल क्षेत्रले राष्ट्रलाई चिनाईरहेको
बताउंदै राष्ट्र र स्वास्थ्यका लागि खेलकुद महत्वपुर्ण रहने बताए ।
त्यस्तै उहांले बाल्यकादेखिनै खेलकुदद क्षेत्रमा लागेका खेलाडिहरुले खेलक्षेत्रसंगै
आफनो अध्ययन, अनुसाशन, बाहिरी ज्ञानलाई समेत संगै लिएर अगाडी
बद्नुपर्नेमा जोड दिए ।
प्रमुख अतिथी कुवंरले थप बोल्दै यस आर्थिक बर्षमा आफुहरुकै पहलमा
ढोरपाटनमा हाई अल्टिचिउट र बुर्तिबाङ स्थित उत्तरगंगा माविमा कर्वडहल परेका
कारण अवको समयमा आफुले आईटिएफ खेलकदु क्षेत्रको विकासका निम्ती छुत्तै
खेलकुद मैदान र भवन निर्माणका निम्ती पहल गर्ने प्रतिबध्ता जनाए ।
न्यु मोर्डन एकेडेमिका प्रिन्सीपल एवम न्यु मोर्डन आईटिएफ दोजोका अध्यक्ष
दिपक कुवंरको अध्यक्षतामा आयोजित कार्यक्रममा बागलुङ जिल्ला आईटिएफ
टेक्वान्डो संघका अध्यक्ष दिपेन्द्र श्रेष्ठ, ढोरपाटन नगरपालिका ६ का वडा अध्यक्ष
जिवन पुन, बागलुङ जिल्ला आईटिएफ टेक्वान्डो संघका उपादक्ष उत्तमबहादुर महत
लगाएतको आतिथ्यता एवम मन्तव्य रहेको कार्यक्रममा काठमान्डौमा भएको छैठों
दक्षिण एसियाली टेकवान्डो प्रतियोगितामा स्वर्णपदक हजित्न सफल खेलाडीहरु
करिश्मा घर्ति, कृष्ण पुन, निरेश थापा सहित २१ ऋौं वल्याक वेल्ट टेस्ट
प्रतियोगितामा उत्कृष्ट हुने खेलाडिलाई समेत सम्मान गरीएको थियो ।
त्यस्तै न्यु मोर्डन आईटिएफ दोजोका अध्यक्ष दिपक बहादुर कुवंरलाई समेत
मायाको चिनोले सम्मान गरीएको हो । कार्यक्रम उत्तमबहादुर महतको स्वागत
प्रकाश पुरीको सञ्चालनमा सम्पन्न भएको थियो ।



















































































































































































































