बागलुङको ढोरपाटन नगरपालिका र वडिगाड गांउपालिकाको सिमानामा रहेको मध्यपहाडी लोकमार्ग अन्र्तगतको तुरतुरे पहिरो हटाउनका निम्ति सडक विभाग र मध्यपहाडि लोकमार्ग आयोजनाको टोलीद्धारा बस्तुगत अध्ययनसंगै भोलीदेखिनै दुवै क्षेत्रबाट दुई÷ दुई गरी चारवटा दोजरको माध्यमबाट १५ दिनभित्र जसरी पनि सडक खुलाउने सहमतिसंगै टोली फिर्ता भएको छ । आईतबार देखिनै मध्यपहाडी लोकमार्ग आयोजनाको दोजरले भिमगिठे तर्फको क्षेत्रबाट सडक खुलाउनका निम्ति सुरु गरेपनी उतm दोजर सानो भएको र दुवै क्षेत्रबाट काम सुरु नभए महिनौ लाग्ने भन्दै स्थानीयको आक्रोसपछि दुवै तर्फबाट सडक खुलाउन भोलि देखिनै सुरु गरीने बताईएको छ । सडक विभागका उपमहानिर्दशक मुक्ति गौतम, क्षेत्रिय सडक निर्दशनालय पोखराका क्षेत्रिय निर्दशक दिपक श्रेष्ठ, मध्यपहाडी लोकमार्ग आयोजनाका डिभिजन
ईन्जिनीयरहरु शुुभराज न्यौपाने, रमेश दृष्टि, जयराम यादब , मध्यपहाडी आयोजनाका मेकानीकल डिभिजन ईन्जिनीयर महेश कुमार ईसार लगाएतको टोलीले पहिरो क्षेत्रको बस्तुगत अध्ध्यन गरेको हो ।
भोलि देखिनै पहिरो हटाएर सडक खुलाउनका निम्ती काम सुरु हुनेगरी बुर्तिबाङ क्षेत्रबाट अदै कन्ट्रकशनका दुई दोजर र भिमगिठे क्षेत्रबाट मध्यपहाडी लोकमार्ग आयोजनाका दुई गरी चारवटा दोजरको सहायताले पहिरो क्षेत्रलाई खुलाई सडक ट्रयाक दशैको घटस्थापनासम्म जसरी पनी खुलाउने गरी काम हुने सडक विभागका उपमहानिर्दक मुतिm गौतमले सामुदायिक रेडियो ढोरपाटनलाई बताउनु भयो । काम जोखिम पुर्ण रहे पनि जनताको निम्ती महत्वपुर्ण सडक भएका कारण जसरी पनी काम चांडै सक्ने गरी आफुहरुले काम अगाडी बढाउने निर्णय भएको
बताउनु भयो ।
क्षेत्रिय सडक निर्दशनालय पोखराका क्षेत्रिय निर्दशक दिपक श्रेष्ठका अनुसार हामील्े भोलिदेखिनै काम थाल्छौं यहांका जनतालाई दुख भईरहेको छ हामीले पनि महसुस गरीसकेका छौं । त्यसैले दुई दोजर व्यातिmगत चलन चल्तिको दररेट कायम रहने गरी प्रयोग गर्न सम्झौता वमोजिम जिम्मा दिई सकिएको र दुईवटा दोजर मध्यपहाडी लोकमार्ग आयोजनाको प्रयोग गरी सडक ट्रयाक खुलाउने कार्य सुरु गर्ने र उतm अवस्थामा आवस्यक वम डिस्पोजलका लागि नेपाली सेनालाई र अचानक हुने विपदमा जिल्ला विपद व्यवस्थापन समिति बागलुङमा समन्वय गर्ने लिखित निर्णय गरिएको बताउनु भयो ।
उतm बस्तुगत तथा स्थलगत अवलोकनमा टोलीसंगै ढोरपाटन नगर उपप्रमुख कर्मती पुन, नेपाली कांग्रेस क्षेत्रिय सभापती दोर्णकुमार कुवंर, नेकपाका नेता तुल्सिराम अर्याल, टंकप्रसाद पौडेल, ढोरपाटन नगरपालिका प्रमुख प्रशासकिय अधिकृत धनप्रसाद पोख्रेल, बुर्तिबाङ ढोरपाटन यातायात व्यवसायि समिति महासचिव नरहरी भुषाल, सामुदायिक रेडियो ढोरपाटनका स्टेशन म्यानेजर छविलाल पाण्डे, चेम्बर अफ कर्मस ढोरपाटन नगर सम्योजक दिपक अदै लगाएतको टोलि थियो । टोलीले सवै बस्तु स्थितिको बारेमा अवगत गराउंदै पहिरो गएको १५ दिन
बितिसक्ना लाग्दा समेत यहांका जनताले आश्वाशन मात्र पाएको तर काम हुन नसकेको तिव्र जन गुनासो आईरहेको बताउंदै जसरी पनि चांडो काम सक्ने गरी सडक खुलाउने अभियानमा जुट्न ताकेता गरीएको थियो । सहभागिहरुले सडक खुलाउन स्थानीय स्तरबाट आफुहरुले गर्ने ठांउमा पुर्ण सहयोग हुने बताउंदै आयोजनाले काम सम्पादनमा धिला गर्न नहुनेमा जोड दिईएको थियो ।
त्यस्तै पहिरो गएको लामो समयसम्म पनि आशा लाग्दा निकायका धेरै प्रतिनीधि आए पनि सेल्फि खिच्ने र जाने जनतालाई आश्वासन मात्र दिईरहंदा पश्चिम बागलुङका जनतालाई महा सास्ति खेप्नुपर्ने वाध्यता सृजना भएको छ । सवारीका साधन चडेर बिभिन्न स्थानमा पुग्नुपर्ने अवस्थामा करिब ३ घण्टा पैदल हिंडेर मात्रा सवारी प्रयोग गर्नुपर्ने बाध्यता संगै बजारमा खाध्यन्न सामाग्रि, तरकारी फलफुल, मेटरीयल सााग्रि तथा ग्यास, कुखुराका लागि दाना लगाएतका अत्यावसक सामानको हाहाकार भएको छ । बजारमा खानापकाउने ग्यास, पेट्रोल, डिजल,कुखुराको लागि दानाको हाहाकार छ । उता निर्माण सामाग्रिको भाउ बृद्धि भएर कालोबजारी सुरु भईसकेको हो ।
सिमेन्ट प्रति बोरा ७० रुपैयां सम्ममा बृद्धि भईसकेको छ । दाल चामल लगाएत खाध्यन्नमा समेत मूल्य बिद्धि भएको ग्राहकको गुनासो छ । उता फलफुल तरकारी भिमगिठेबाट घोडा खच्चडको सहाएताले बोकाएर बुर्तिबाङ ल्याई पुर्यांदा प्रति केजि १० रुपैया सम्म धुवानी लाग्ने गरेका कारण तरकारी फलफुलको भाउ समेत बृद्धि भएको व्यापारीहरुको भनाई छ ।
त्यस्तै भिमगिठेदेखि बुर्तिबाङसम्म आईपुग्ने गोरेटो बाटो र पुल सहज नहुंदा मानिस तथा पशुचौपाया आवत जावतमा समस्या भएको हो । भिमगिठेदेखि सामान लिएर आउंदै गरेका दुईवटा खच्चड सेरा दोभान पुलबाट तर्ने क्रममा वडिगाड नदिमा खसेर बग्दै गरेको अवस्थामा करिब ३ किलोमिटर तल खल्टुबोट भन्ने स्थानबाट स्थायिनले उद्धार गरेर बचाएका थिए । त्यस्तै वडिगाड ६ को छिसफांट हुंदै राजुकट, देविस्थान तारीखेत बैकल्पिक सडक मार्ग समेत मर्मत सुुरु गरेको एक हप्ता वितिसक्दा अझै मर्मत कार्य पुरा नभएका कारण सवारीका साधन सञ्चालनमा आउन नसकेका हुन् । यस्तो अवस्थामा स्थानिय सरकारको तदारुकता कमजारे देखिन्छ भने माथिल्लो निकायको आशा गरेका जनताले माथिल्लो निकायबाट मेत तालमा आउने सेल्फि मात्र खिच्ने तर बास्तविक समस्या प्रति गम्भिरता कम रहेको भन्दसै सामाजिक सञ्जाल तथा स्थानीय जनताको तिब्र आक्रोस बद्दै गएको
हो ।



















































































































































































































