१० कार्तिक २०८३, सोमबार

 

महिला हित सहकारीले शेयर सदस्यलाई दियो सहकारी र लैगिंक हिंसा विरूद्वको शिक्षा

 शिक्षा महिला हित बचत तथा ऋण सहकारी आयोजनामा सहकारी शिक्षा एवं लैङ्गिक हिसां विरूद्वको सचेतना कार्यक्रम सम्पन्न भयो ।शेयर सदस्यहरुलाई सहकारी शिक्षा बारे जागरुक बनाउने र समाजमा विध्यमान लैगिंक हिंसा बारे् सचेत गराएर सामुहिक बलमा लैगिंक हिंसाको विरुद कठोर भएर अगाडि बढून यो कार्यक्रम आयोजन गरिएको महिला हित तथा वचत सहकारीका अध्यक्ष लिला देवी खडूकाले बताए ।

कार्यक्रममा प्रमुख अतिथिको मन्तव्य दिदै वडा अध्यक्ष लक्ष्मि बास्कोटाले महिला माथि हुने कुनै पनि विभेद र अत्याचारको विरुद संगठित रुपमा प्रतिकार गर्न अपिल गर्नु भयो ।

शेयर सदस्यहरुलाई सहकारी शिक्षा नेफस्कुनका केन्द्रीय सदस्य एंव जिल्ला बचत संघका अध्यक्ष चण्डी प्रसाद शर्मा, संस्थाको गतिविधि अध्यक्ष लिलादेबी खड्का र लैङ्गिक हिसां सम्बन्धि अधिवक्ता एंव संस्थाका कानुनी सल्लाहकार ममता देवी शर्माले दिएका थिए ।कार्यक्रम सहकारीको अध्यक्ष लिला देवी खडूकाका े अध्यक्षता संचालक शिक्षा समिति संयोजक मोहनमाया के सीले गरेकी थिइन ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung