काठेखोला गाउँ पालिका वार्ड नं १ मा मंगलबार खहरे हेल्थ पोष्ट मनाङ सम्मको करिव ६ कि मि गोरेटो वाटो मर्मत भएको छ । वार्ड समितिको प्रति महिना एक दिन श्रमदान गर्ने निर्णयअनुसार आज उक्त काम सम्पन्न भएको हो ।
वार्ड अध्यक्ष खड्क बहादुर थापाको नेतृत्वमा साविक पाला १र २का १५० बढी नागरिकहरूको सहभागिता रहेको थियोे । गाउँमा राज्यले गरेको लगानी सिमित भएको र नागरिकहरूको विकास को असिमित आवश्यक्ता सम्वोधन गर्न एवम् आफ्नो मेहनत परेको काममा नागरिकहरूको अपनत्व समेत महसुस हुने भएकाले यस्तो अभियान चालिएको वडा अध्यक्ष थापाले बताउनु भयो ।
वार्ड सदस्य रिता नेपाली , ने का वार्ड सचिव गणेश नेपाली , साविक वार्ड नं २ का पुर्व वार्ड अध्यक्ष जोखिराम थापा , सुरेन्द्र हमाल, सामुदायिक मेलमिलाप कर्ता कुमारि थापा लगायतले समुहगत नेतृत्व गरेका थिए । साविक वार्ड नं १ का दुई र २ का २ समूह गरि ४ समुहमा गरिएको काममा उक्त काम भएको हो । असोज१९ गते सिलिखेतदेखि चनौटे पिपलडाडासम्म र २० गते दोविल्ला देखि छापासम्म काम गर्ने योजना रहेको वार्ड सदस्य रिता नेपाली ले वताए ।



















































































































































































































