बागलुङ जिल्ला बचत तथा ऋण सहकारी संघ लि. बागलुङको आयोजनामा जिल्लामा क्रियाशिल सहकारी संस्थाका सञ्चालक तथा कर्मचारीहरुका लागि सञ्चालीत ५ दिने लेखा व्यवस्थापन तथा पल्र्स अनुगमन तालिमशनिवार सम्पन्न भएको छ ।आश्विन १३ गतेदेखि बागलुङ बजारको होटल रेड एप्पलमा सञ्चालीत उक्त तालिम समापनका क्रममा सहभागिहरुले तालिम निकै फलदायी र उपलब्धीमूलक भएको बताएका छन् ।
सहकारी संस्थाहरुको लेखा व्यवस्थापनलाई थप व्यवस्थीत र सदृढिकरण गर्ने तथा संस्थाको कारोवारलाई पल्र्स पद्धतीमा सञ्चालन गर्नसक्ने जनशक्ति निर्माण गर्ने उद्देश्यले आयोजना गरिएको तालिममा जिल्लामा १० वटै स्थानीय तहका सहकारी संस्थाका समिति उपसमिति र कर्मचारीहरुको सहभागिता रहेको थियो ।
तालिम समापनका क्रममा आयोजक संस्था जिल्ला बचत तथा ऋण सहकारी संघ बागलुङका अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेलले सहकारी संस्थाहरु वद्लीदो परिवेश अनुसार सञ्चालन हुनुको विकल्प नरहेको बताएका थए । अझै पनी धैरै सहकारी संस्थाहरु चारखातामै रहिरहेको र कतीपय सहकारी संस्थाहरुको हिसावकिताव नै नरहेको बताउदै पौडेलले संस्थाहरुले आफुहरुलाई परिस्कृत गर्न नसके विलय हुने निश्चीत रहेको धारण व्यक्त गर्र्दै त्यस तर्फ सबै सचेत हुन आग्रह गरेका थिए । उनले जिल्लाको सहकारी अभियानलाई सदृढ बनाउन बचत संघ निरन्त तालिम गोष्ठि शिक्षा लगाएतका कार्यक्रमहरु सञ्चालन गरिरहेको समेत बताएका थिए ।

समापनका क्रममा वोल्दै काठेखोला गा.पा. १ का अध्यक्ष एवं जनसेवी साकोसका अध्यक्ष खड्क थापा र प्रशिक्षक कुमार खत्रीले तालिममा सिकेका विषयहरुलाई व्यवहारमा उर्तान सहभागीहरुलाई अनुरोध गरेका थिए । उनीहरुले तालिम व्यवहारमा लागु भए नभएको मापन तालिम पश्चात आफ्नो संस्थामा देखिने परिवर्तनबाट गर्न सकिने समेत बताएका थिए ।
कार्यक्रममा सहभागिहरुको तर्फवाट झिम्पा साकोसका झगवहादुर क्षेत्री र सिवाईसी साकोसका सिता सापकोटाले प्रतिवद्धता मन्तव्य राखेका थिए । २० वटा संस्थाका ३१ जनाको सहभागि रहेको तालिम समापन कार्यक्रमको अध्यक्षता संघका अध्यक्ष पौडेल र सञ्चालन सञ्चालक गण्डकी थापा अधिकारीले गरेका थिए ।



















































































































































































































