१० कार्तिक २०८३, सोमबार

 

आदर्शको सहकारी सचेतना कार्यक्रम

आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङले शनिवार बानपा ६ लङ्गाउमा सहकारी सचेतना कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा सहजीकरण गर्दै आदर्श सञ्चार सहकारी संस्थाका अध्यक्ष हुमाकुमारी जि.सी अञ्जुले सहकारीले शेय सदस्यहरुको आय स्तर सुधार गर्नको लागि महत्वपूर्ण भूमिका खेल्ने बताए । उनले सहकारीमा पैसा राख्ने तथा झिक्ने मात्र काम नगरी सहकारीमार्फत व्यवसयिक काम गर्नु पर्ने बताएका थिए ।

सचेतना कार्यक्रममा आदर्श सञ्चार सहकारी संस्थाका शेयर सदस्यहरुले सहकारीले लिएको ८० वर्षे लक्ष्यअनुसार आफूहरु काम गर्न तयार भएको बताएका थिए । सहकारीले आर्थिक, सामाजिक र महिला ससक्तिकरणमा टेवा पु¥याएको भन्दै स्थानीयहरु खुसी भएका थिए ।कार्यक्रममा शेयर सदस्य खिमलाल सापकोटा, माया थापा, तिलकुमारी थापा, माया देवी सापकोटा लगाएतले बोल्नु भएको थियो ।

कार्यक्रममा आदर्श सञ्चार सहकारीमा थप भएका शेयर सदस्यहरुलाई खादा ओढाएर स्वागत गरिएका सञ्चालक सृजना थापाले बताएका छन् । कार्यक्रम आदर्श सञ्चार सहकरीका अध्यक्ष हुमाकुमारी जि.सी अञ्जुको अध्यक्षता तथा सञ्चालक सृजना थापाको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung