खुंगा ढोरपाटन वचत तथा ऋण सहकारी संस्था लिमिटेड ढोरपाटन नगरपालिका १
बुर्तिबाङको प्रथम बार्षिक साधारण सभा मंगलबार सम्पन्न भएको छ ।
गतबर्ष स्थापना भएको सहकारीले बुर्तिबाङ क्षेत्रमा रहेको पुंजिलाई एकिकृत
गरी आर्थिक उर्पाजनको क्षेत्रमा लगानी बढाउने उदेश्य सहित स्थापना भएको
बताउंदै सहकारीले एक बर्षमा १ सय ३ जना सेयर सदस्य संगै ८० लाख १ हजार
बराबरको सेयर पुंजी संकलन गर्न सफल भएको बताईएको छ ।
यसबर्ष मात्रै १७ लाख ८९ हजार १ सय १२ रुपैया आम्दानी गर्न सफल सहकारीले
आगामि दिनमा सेयर सदस्य बिस्तार संगै सेयर पुंजि बढाउने र कर्जा मार्फत
उत्पादन मुलक क्षेत्रमा युवाहरुलाई अगाडी बद्नमा सहयोग गर्ने लक्ष्य रहेको
बताईएको हो ।
संस्थाका अध्यक्ष सहविन अर्गजाको अध्यक्षतामा आयोजीत खुल्ला सत्रको कार्यक्रमा
सेयर सदस्य एंव जेष्ठ सदस्य गंगा बहादुर कार्कीले प्रमुख अतिथीको रुपमा
कार्यक्रमको उद्घाटन गर्दे सहकारी संस्था ऋण लगानी र बचतमा मात्र सिमित नभई समय सान्दर्भिक रुपमा सेयर सदस्यको मन जित्दै अन्य सहकारी भन्दा काम गरेर समाजमा फरक लोकप्रियता हासिल गर्ने गरी अगाडी बद्नु पर्ने बताए
।
कार्यक्रममा संस्थाका कोषाध्यक्ष जितबहादुर कुवंर द्धारा आर्थिक प्रतिवेदन
प्रस्तुत गरेका थिए । त्यस्तै सल्लाहकार सदस्य गुण्जबहादुर भण्डारी, सेयर सदस्य एवम ढोरपाटन १ का वडा सदस्य असारी बिक, लगाएतको शुभकामना मन्तव्य रहेको कार्यक्रम उपादक्ष केयरसिंह गुरुङको स्वागत ,संस्थाका सहसचिव राजु क्षेत्रीले सञ्चानलन गरेका हुन् ।



















































































































































































































