१० कार्तिक २०८३, सोमबार

 

संघीयतामा सहकारीलाई उचित वातावरण बनाउँ–पौडेल

नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ लि. नेफ्स्कूनका सञ्चालक चण्डिप्रसाद शर्मा पौडेलले देशमा संघियता, लोकतन्त्र, गणतन्त्र जे जस्ता परिवर्तनहरु आएतापनि सहकारी संस्थाहरुका लागिकामगर्ने उचित वातावरण अझै सिर्जना हुन नसकेको बताएका छन् ।

जनज्योती बचत तथा ऋण सहकारी संस्था लि. भानु नगरपालिका–११ तनहुको १२ औं वार्षिक साधारण सभालाई सम्वोधनगर्दै प्रमुख अतीथि पौडेलले उक्त कुरा बताएका हुन । यसपूर्व एउटा मात्र ऐनबाट सञ्चालित सहकारी संस्थाहरु देश संघियतामा गएपश्चात छुट्टाछुट्टै स्थानीयतहका छुट्टाछुट्टै कानुन तथा नीति नियमवाट सञ्चालन हुनुपर्दा अन्योलता छाईरहेको बताए ।

स्थानीयतहमा कार्य गर्ने व्यक्तिहरुमा सहकारी सम्वन्धि ज्ञानको कमी हुनु र सहकारी हेर्ने छुट्टै कार्यालय स्थापना नहुदा अहिलेको स्थितीमा सहकारी संस्थाहरुलाई नीतिगत समस्या परिरहेको पौडेलले बताए ।

कार्यक्रममा वडा अध्यक्ष टेकवहादुर गुरुङ, संस्थाकापूर्व अध्यक्ष कृष्णमुरारी अधिकारी, राष्ट्रिय माविका विद्यालयव्यवस्थापन समितिका अध्यक्ष गोविन्दराज मिश्र, त्रिभुवन क्याम्पसका सहायक क्यामपस प्रमुख रविन्द्रराज जोशी, राष्ट्रिय माविका प्र.अ देवेन्द्र थापा, त्रिभुवन माविका प्र.अ. हिरामणी ढुंगाना लगाएतले साधारण सभाको सफलताको शुभकामना व्यक्त गरेकाथिए ।

कार्यक्रमका अवसरमा संस्थामा असलकारोवार गर्ने असल बचतकर्ता, असल ऋणी, उत्कृष्ट शेयर सदस्य, उत्कृष्ट विद्यार्थी र शेयर सदस्यहरु मध्येवाट जेष्ठ नागरिक लगाएतलाई सम्मानतथा पुरस्कृत गरिएको थियो ।

साधारण सभामा संस्थाको तर्फवाट संस्थाका अध्यक्ष चन्द्रप्रकाश पौड्यालले आ.व. ०७४।०७५ को प्रगती प्रतिवेदन र आ.व. ०७५।०७६ को प्रस्तावित नीति तथा कार्यक्रम, कोषाध्यक्ष राजेन्द्रराज जोशिले आ.व. ०७४।०७५ को आर्थिक प्रतिवेदन र आ.व. ०७५।०७६ को प्रस्तावित आयव्ययर लेखा समितिको प्रतिवेदन संस्थाका लेखा समिति संयोजक गणेशवहादुर थापाले प्रस्ततु गरेकाथिए । प्रस्तुतप्रतिवेदनमाथि साधारण सभाको बन्दसत्रमा व्यापक छलफल भई सर्वसम्मतीवाट पारीत भएको छ ।

०६३।०६४ सालमा डिभिजन सहकारी कार्यालय तनहुमादर्ता नं. ३०६ मादर्ता भएको संस्थामा हालसम्म ५७१ जना शेयर सदस्य, ३० लाख ४० हजार शेयर पुँजी, ३ करोड ५६ लाख बचत, ३ करोड ८७ लाख लगानीमा वाँकी ऋण, ४ करोड ४६ लाख बराबरको कुल सम्पत्ती र ४ जनाकर्मचारीहरु रहेका छन् ।

कार्यक्रम संस्थाका अध्यक्षचन्द्रप्रकाश पौड्यालको अध्यक्षता, उपाध्यक्ष हस्तवहादुर कुँवरको स्वागत र सचिव विष्णुवहादुर वोहोराको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung