११ कार्तिक २०८३, मंगलवार

 

सामुदायिक रेडियो ढोरपाटनको आयोजनमा  शुभकामना आधान प्रदान कार्यक्रम ।।

सामुदायिक रेडियो ढोरपाटन एफएम १०४.१ मेगाहर्ज बुर्तिबाङको आयोजनामा शनिबार हिन्दुहरुको महान चाड नजिकिंदै जांदाको अवस्थामा चियापान, शुभकामना आधानप्रदान तथा समुदायमा सामुदायिक रेडियोको भुमिका बिषयक अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

हिन्दुहरुको महान चाड बिजया दशमी, शुभ दिपावली तथा छठ पर्वको पावन अवसरमा रेडियोले आयोजना गरेको उतm कार्यक्रममा जनप्रतिनीधि, समाजसेवि, राजनैतिक दल, पत्रकार, बिभिन्न संघसंस्थाका प्रतिनीधि लगाएतको सहभागिता रहेको हो ।

आयोजित कार्यक्रमका प्रमुख अतिथीको रुपमा रहनुभएका ढोरपाटन नगर उपप्रमुख कर्मती पुनले बोल्दै समाज रुपान्तरणमा सामुदायिक रेडियोको भुमिका महत्वपूर्ण रहेको बताउंदै सबै क्षेत्रलाई सुसुचित बनाउंदै जनप्रतिनीधि, राजनैतिक दल, समुदायमा हुने बिभिन्न नकारात्मक कृयाकलालाई उजागर गर्ने र सभ्य समाज निर्माणमा रेडियोको भुमिका महत्वपूर्ण रहेको बताए ।

पश्चिम बागलुङको हरेक क्षेत्रमा सामुदायिक रेडियो ढोरपाटनले खेलेको भुमिका महत्वपुर्ण रहेको बताउंदै आगामि दिनमा समेत समाज रुपान्तरणको एक पहरेदार बन्दै जनताको हित ब्रदक कार्यक्रम र सचेतना मुलक कार्यक्रम संगै अगाडी बद्न अपिल गर्दे रेडियोको सफलताको कामना व्यतm गरे ।


त्यस्तै कार्यक्रमका बिशिष्ठ अतिथीको रुपमा रहेका निसीखोला गांउपालिका प्रमुख तारानाथ पौडेलले बोल्दै देशको हरेक क्षेत्रलाई सुसुचित गर्ने माध्यम सञ्चार माध्यम रहेको र दुर दराज देखि सुगम सम्म रेडियोको भुमिका प्रभावकारी रहेको बताउंदै सामुदायिक रेडियोको भुमिका देशभरनै अग्रणी रहेको बताए ।

रेडियोले समाज रुपान्तरणमा महत्वपुर्ण भुमिका खेलिरहेको अवस्थामा पश्चिम बागलुङमा स्थापित सामुदायिक रेडियो ढोरपाटनले यसक्षेत्रका हरेक गतिवीधिलाई विना पुर्वाग्रह जनतामाझ पुर्याएको बताउंदै थप सफलताको कामना सहित बुर्तिबाङमा अवस्थित सबै सञ्चार माध्यम संग आफुहरुले समन्वय गरेर काम गर्ने बताए ।

त्यस्तै कार्यक्रमका बिशिष्ठ अतिथी ईलाका प्रशाशन कार्यालय बुर्तिबाङका प्रमुख नन्दराम भुसालले बोल्दै बिश्वलाई एकै स्थानमा बसेर सुन्न र देख्न र थाहा पाउने सञ्चार माध्यमका कारण मानिसको हरेक क्षेत्रमा बिकास भईरहेको बताउंदै समाज र देशलाई अगाडी बदाउने अभियानमा सञ्चार माध्ययमको महतवपुर्ण भुमिका रहेको बताउंदै बुर्तिबाङमा रहेका सञ्चार माध्ययमले समेत समाज रुपान्तरणमा महत्वपुर्ण भुमिका निर्वाह गरीरहेको बताउंदै सामुदायिक रेडियोले समाज रुपान्तरणको रुपमा थप महत्वपूर्ण कार्यक्रम र योजना सहित सम्मोन्य कारी भुमिका मार्फत अगाडी बढ्नुपर्नेमा जोड् दिंदै सामुदायिक रेडियो ढोरपाटनले समाज रुपान्तरणमा खेलेको भुमिकाको समेत चर्चा गरे ।

त्यस्तै सोहि कार्यक्रममा अतिथीको रुपमा रहेका नेकपा ढोरपाटन नगरकमिटी सम्योजक चन्द्र अर्याल, नेपाली कांग्रेस निसीखोला ग्राम सभापती एंव निसीखोला गांउपालिका १ का वडा अध्यक्ष ईन्द्रबहादुर मल्ल, राष्ट्रिय जनमोर्चा जिल्ला कार्यसमिती सदस्य गौरीश्वर पाण्डे, नेपाल कम्युनिस्ट पार्टी ने.क.पा को तर्फदेखि हरीबहादुर कुवंर, उद्योग बाणिज्य संघ ईकाई बुर्तिबाङका अध्यक्ष चिन्तामणि सर्मा, उत्तरगंगा माविका प्रअ ईश्वरी प्रसाद पौडेलले बोल्दै समाजमा सामुदायिक रेडियोको भुमिका अपरिहार्य रहेको बताउंदै हरेक नेपालीलाई सचेत बनाउने र हरेक बिषय बस्तुको ज्ञान समाजमा फैलाउने माध्ययम रेडियो भएको र सत्य र तथ्यमा आधारीत रहेर नराम्रा काममा खवरदारी, राम्रा कामको चर्चा संगै सकारात्मक क्षेत्रबाट अगाडी बद्नमा आग्रह गर्दे पश्चिम बागलुङमा जनतालाई सुसुचित बनाउने उदेश्य सहित सञ्चालनमा आएको रेडियो ढोरपाटन सबैको लोकप्रिय बन्दै गईरहेको बताउनु बताए ।

त्यस्तै बुर्तिबाङमा अवस्थित सामुदायिक रेडियो परिवर्तन र रेडियो बुर्तिबाङ समेत सञ्चालन रहेको अवस्थामा सवै सञ्चार माध्धम एकजुट भएर समाज रुपान्तरण संगै नकारात्क पक्षको भण्डारफोर अभियानमा जुट्न सुझाब समेत दिए ।

कार्यक्रममा रेडियो परिवर्तनका स्टेशन म्यानेजर राम सुवेदीले बोल्दै देशभर ३ सय बढि सामुदायिक रेडियोहरु समाज रुपान्तरणमा खटिरहेको बताउंदै सामुदायिक रेडियोको सम्रक्षण, सम्बर्दन संगै स्थानित तहका हरेक गतिवीधिलाई जनतामाझ पुर्याउने कार्यमा रेडियोको भुमिका महत्वपूर्ण रहेको बताउंदै स्थानिय तहका जनप्रतिनीधि, कर्मचारी र रेडियो बिच सम्मोन्यकारी भुमिका आवस्यक रहेको बताए ।

त्यस्तै कार्यक्रममा कार्यक्रममा रेडियो बुर्तिबाङका खेमराज अर्यालको समेत मन्तव्य रहेको थियो । सामुदायिक रेडियो ढोरपाटनका कार्यक्रम प्रस्तोता चन्द्रप्रकाश श्रीपालीको स्वागत रहेको कार्यक्रम रेडियोका स्टेशन म्यानेजर छविलाल पाण्डेको सञ्चालमा सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung