राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले धार्मिक संहिष्णुतामा नेपाल संसारकै नमुना देश भएको बताउनुभएको छ ।हिन्दुहरुको महान पर्व बडा दशैंको सन्र्दभमा बागलुङ नगरपालिकाले आयोजना गरेको शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रममा बोल्दै अध्यक्ष तिमिल्सिनाले नेपालमा अनेक धर्म मान्ने संप्रदाय भएपनि धार्मिक सद्भाव भने एउटै भएको बताउनुभयो ।
उहाँले नेपाल प्राकृति तथा धार्मिक हिसावले धनी हुदाँ हुदै पनि उचित व्यवस्थापनको अभावमा गरिव भएको भन्दै अहिलेको सरकारले देशलाई विकास तर्फ उन्मुख गराउने बताउनुभयो । 
‘नेपालमा बहुरंगको फुलवारी हो’ तिमिल्सिनाले भन्नु भयो–‘अरु देशमा जस्तो धार्मिक युद्ध नेपालमा नहुनु विश्वलाई सुखद सन्देश हो ।’ अहिलेको सरकारले नेपालमा भएको प्राकृतिक स्रोत साधानको उचित व्यस्थापन गरी देशलाई समृद बनाउने उहाँको भनाई थियो ।शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रमको स्वागत उपमेयर सुरेन्द्र खड्काले र धन्यवाद मेयर जनक राज पौडेलले दिएका थिए ।



















































































































































































































