४ कार्तिक २०८३, मंगलवार

 

एन आई सी एशिया वैंक को वित्तिय साक्षरता कार्यक्रम सम्पन्न

वैक पनि साथि पनि, राम्रो पनि हाम्रो पनि भन्ने मुल नाराका साथ संचालित निजि क्षेत्रको अग्रणी वैक एन आई सी एशिया बैक लि को नयापुल शाखाले अन्नपुर्ण गाउपालिका अन्तरगत रहेका घान्दु्रक श्रोत केन्द्र तथा विरेठाटी श्रोत केन्द्र अन्तरगतका २८ विद्यालयका प्रअ विद्यालय ब्यवस्थापन समितीका अध्यक्ष तथा लेखापाल गरि झण्डै ९० जनाको सहभागितामा वृहत वित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेको हो ।

बैंकका क्षेत्रीय प्रवन्धक दिपेन्द्र शर्मा को अध्यक्षतामा संचालित कार्यक्रमको प्रमुख अतिथि अन्नपुर्ण गाँउपालिका का कार्यकारी प्रमुख श्री शेषकान्त पौडेल रहनुभएको थियो कार्यक्रममा बोल्दै पौडेलले बैकले दिएको सेवा सुविधा प्रति आभार प्रकट गर्नुका साथै यस्ता कार्यक्रमले वैकको सामाजिक उत्तरदायित्व बहन भई वैकको छवि समेत उच्च रहने सुवेच्क्षा प्रकट गर्नुभएको थियो ।

अन्नपुर्ण गा पा ८ विरेठाटी स्थीत विरेठाटी मा वि को साभाहलमा सम्पन्न कार्यक्रममा स्वागत मन्तब्य वैक का नागडाडा शाखाका प्रमुख प्रेमराज पौडेल तथा संचालन नयापुल शाखा का शाखा प्रमुख टंकनाथ लामिछाने ले गर्नुभएको थियो । तिनघण्टा लामो तालिमको प्रशिण वैकका साहायक क्षेत्रिय प्रमुख तारानाथ पौडेलले गर्नुभएको थियो । तालिममा अधिकांश प्रशिक्षथिहरुले वैकका सेवा सुविधा तथा शेयर का वारेका जिज्ञाशा राखेका थिए ।

वैकले सामाजिक उत्तरदायित्व अन्र्तगत रहि विधालयका शिक्षकहरुलाई प्रशिक्षीत गरेको  क्षेत्रिय प्रवन्धक दिपेन्द्र शर्मा वताउनुहुन्छ । वैकले मुलुकभर २६४ शाखा, २६४ ए टियम संजाल, २७ यक्सटेन्सन काउन्टर, १८ शाखा रहित वैंिकङ्ग तथा छ हजार भन्दा वढिरेमीटान्स पेआउट एजेन्टहरु मार्फत जनतालाई सेवा गर्दै आएको शर्माको शर्माको भनाई छ । बैंकको वासलातको आकार २०० अर्ब भन्दा बढि पुगेको छ। कुल निक्षेप करिब १६८ अर्ब तथा कर्जा १४१ अर्ब पुगेको छ भने बैंकमा ग्राहकको संख्या करिब १३ लाख ५० हजार पुगेको छ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung