विभिन्न कार्यक्रम गरि बागलुङमा तीन मनाईने नेपाल संवत् ११३९ को पहिलो दिन आईतबार शुभकामना (भिन्तुना) आदान प्रदान तथा चियापान कार्यक्रम भएको छ ।
बागलुङ बजारमा रहेका विभिन्न नेवारी संघ संस्थाका प्रमुख तथा प्रतिनिधिलाई समेटेर बनाईएको मूल आयोजक समितिको आयोजनामा कार्यक्रम गरिएको हो ।
कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायि समिति सदस्य तथा संघीय सांसद् देवेन्द्र पौडेल, संघीय सांसद्हरु मनकुमारी केसी र डाक्टर सुर्य पाठक, गण्डकी प्रदेश सांसद्हरु, जिल्लाका कार्यालय प्रमुख, विभिन्न राजनीतिक दलका प्रमुखहरु, विभिन्न संघसंस्थाका प्रतिनिधि लगायत सरोकारवाला सहभागि थिए ।
कार्यक्रममा सम्पूर्णलाई शुभकामना दिँदै नेपाल भाषा मंका खलका पूर्वअध्यक्ष महेशचन्द्र प्रधानले नेपाल संवत् नेपाली आफैले सुरु गरेको मौलिक संवत भएकाले राष्ट्रिय संवतको मान्यता प्रधान गरि चलन चल्तिको संवत् बनाउनुपर्ने बताए । उनले नेपाल संबतको औचित्य बारे समेत प्रष्ट पारेका थिए ।
मूल आयोजक समिति संयोजक तथा नेपाल भाषा मंका खलका अध्यक्ष मुकेशचन्द्र राजभण्डारीले भाषा, सँस्कृति र परम्पराले मानव सभ्यताको पहिचान दिने भन्दै मौलिक संकृतिको संरक्षण, विकास र प्रचार प्रसारमा उचित ध्यान दिनुपर्ने बताए ।
कार्यक्रम मूल आयोजक समितिका संयोजक तथा नेपाल भाषा मंका खलका अध्यक्ष मुकेशचन्द्र राजभाण्डारीको अध्यक्षता, मूल अयोजक समितिका सहसंयोजक नेवा मिसा दबुका कार्यवाहक अध्यक्ष लक्ष्मी शाक्यको स्वागत र नेवा ल्याम्ह पुचका सचिव निलेश राजभाण्डारीको सञ्चालनमा सम्पन्न भएको थियो ।
फरक शैलिको कार्यक्रम
ब्राउन आईज रेष्टुरेन्टमा गरिएको कार्यक्रम नियमिति रुपमा हुने औपचारिक कार्यक्रम भन्दा अलि भिन्न शैलीको थियो । कार्यक्रमका सम्पूर्ण अतिथिहरु सहभागि सँगै दर्शक दीर्घामा बसेका थिए । लामो भाषण गर्ने धेरै वक्ताहरु पनि थिएनन् । चार जना बक्ता मात्रै बोलेको कार्यक्रम निकै छोटो छरितो बनेको थियो । कार्यक्रममा सहभागि सम्पूर्णले गुलियो चियाको चुस्कीसँगै एक आपसमा शुभकामना आदान प्रदान गरेर कार्यक्रम स्थलबाट बाहिरिएका थिए ।
भिन्तुना ¥याली र मूल समारोह समेत हुँदै
विशेष गरी नेवारी समुदायले मनाउने गरेको नेपाल सम्बतको नयाँ बर्ष ११३९ को अबसरमा नेपाल भाषा मंका खलले शुभकामना आदानप्रदान कार्यक्रम सहित भिन्तुना ¥याली र मूल समारोह कार्यक्रम गर्दैछ ।
बागलुङमा रहेका विभिन्न नेवारी समुदायका संस्थाहरुले एकै ठाउँमा नेपाल सम्बत् मनाउन लागेका हुन् । कार्यक्रमलाई सफल तुल्याउन मूल समिति तथा विभिन्न उपसमितिहरु पनि गठन गरिएको छ ।
कात्र्तिक २१ गते विहान ७ बजे बागलुङ जेसीजको संयोजनमा भिन्तुना ¥याली निकाल्ने तयारी छ भने कात्र्तिक २२ गते विहान ११ बजे मूल समारोहको आयोजना गरी शुभकामना आदानप्रदान तथा नेवारी समुदायको भाषा, संस्कृति, भेषभुषाको प्रदर्शनी गर्ने तयारी गरिएको नेपाल भाषा मंका खल बागलुङका अध्यक्ष मुकेश राजभण्डारीले बताए ।



















































































































































































































