एनआईसी एशिया बैंकले तिहार तथा छठको अवसरमा थप सुविधा ल्याएको छ। अब हरेक २ पटक रकम पठाउँदा १ पटक सित्तैमा पठाउन पाउने अवसर प्रदान गरेको छ।
एनआई सी एशिया बैंकले तिहार र छठको अवसरलाई ध्यानमा राख्दै ग्राहकहरुलाई नेपालभरी एक ठाउँबाट अर्काे ठाउँँमा आन्तरिक विप्रेषण रकम पठाउँदा हरेक तेस्रो कारोवार सित्तैमा पठाउने छुट प्रदान गरेको छ।
उक्त विप्रेषण रकम यस बैंकका मुलुकभर फैलिएको २६५ शाखा कार्यालयहरु, २९ वटा एक्सटेन्सन काउण्टर, १८ वटा शाखा रहित बैंकिङ्ग ईकाई एवं ६,७०० भन्दा बढी सहायक प्रतिनिधिहरु मार्फत सरल र सुलभ रुपमा भुक्तानी पाउन सकिने छ।
यस सुविधा मङ्सीर महिना सम्मको लागि लागू हुने बैंकले जनाएको छ।






























































































































































































