११ कार्तिक २०८३, मंगलवार

 

पत्रकार रानाको उपचारका लागि संकलित रकम हस्तान्तरण

ए प्लास्टिक एनिमियाबाट ग्रसित नेपाल पत्रकार महासंघ बागलुङका कोषध्यक्ष एवं नागरीक संजालका सदस्य विजय रानाको उपचारको लागि साझेदारी नागरिक संजाल बागलुङले संकलित रकम एक समारोह बिच हस्तान्तरण गरेको छ ।

कार्यक्रममा बोल्ने अधिकांस बक्ताहरुले सामाजिक सेवाको भाव पत्रकार रानाको उपचारका लागि आर्थिक सहयोग संलकन अभियान सकारात्मक रहेको बताएका थिए । संकलित रकम रु ३ लाख ६५ हजार १ सय ७६ रुपैया सत्कर्म नेपालका अध्यक्ष सिताराम थापाले रानालाई हस्तान्तरण गरेका थिए ।

साझेदारी नागरिक सञ्जालले सचिवालय, सत्कर्म नेपाल तथा मानव अधिकारवादी युवाहरुको सहयोगार्थ अवरात्र घरदैलो, विद्यालय, सहकारीमा दुई महिना अभियान निरन्तर खटेर रकम संकलन गरेको थियो । रानाको उपचारको बिजय राना बचाउ अभियान राहत पुर्याउन निस्वार्थ सेवाका लागि सिताराम थापाको नेतृत्वमा अभियान संचालन भएको थियो ।

जनजाति महासंघ पुर्व अध्यक्ष महेश चन्द्र प्रधानले स्वास्थ्य उपचार जस्तो मानवीय कार्यमा सवैले आफनो क्षेत्रबाट रकम संकलनमा सहयोग गर्नेलाई धन्यवाद समेत दिए । कार्यक्रममा मानव अधिकार तथा शान्ति समाजका अध्यक्ष राजेन्द्र पौडेल, महिला मानव अधिकार रक्षक संजालका कार्यकारी सचिब ज्ञानु थापा मगर, शिक्षक सुवास पौडेल लगायतले बोलेका थिए ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung