साताको पाँचौं दिन बिहीबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा कुनै परिवर्तन भएको छैन ।
बुधबार बजारमा छापावाल सुनको मूल्य तोलामा ५८ हजार ८ सय भएको थियो भने अाज पनि घटेर ५८ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।
त्यस्तै बुधबार तेजाबी सुनको मूल्य ५८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो भने अाज पनि ५८ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
बुधबार चाँदीको मूल्य ७२० रुपैयाँमा कारोबार भएको थियो भने अाज पनि ७ सय २० रुपैयाँमा कारोवार भैरहेको छ ।













































































































































































































