११ कार्तिक २०८३, मंगलवार

 

बागलुङमा भिरबाट लडेर एक महिलाको मृत्यु

जिल्लाको तमानखोला गाँउपालिका वडा नं. ३ हिलेमा एक महिलाको भिरबाट लडेर ज्यान गएको छ । शनिबार बिहान स्थानिय चिप्लेनीढुँगा वनमा घाँस काट्न गएकी ३३ बर्षिय उजेलीविष्णु रसाईलीको भिरबाट लडेर ज्यान गएको स्थानियले बताएका छन् ।

घाँस काट्दै गर्दा भिरबाट चिप्लिएर करिब ५० मिटर तल खस्दा बिहान करिब ९ बजे घटना स्थलमै उजेलीको ज्यान गएको ईलाका प्रहरी कार्यालय बोङगादोभानका प्रमुख पदम नेपालीले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung