११ कार्तिक २०८३, मंगलवार

 

ओशो ध्यानमा ४० जना सहभागी

पर्वत । ओशो अमृतम ध्यान केन्द्र बागलुङमा आयोजना भएको ध्यान शिविरमा ४० जना स्थानीय सहभागी भएका छन् । ओशो सन्यासी र ओशो प्रेमी गरि ४० जनाको सहभागी भएका हुन् ।

शिविरमा ओशोले डिजाइ गरेको विभिन्न ध्यानको बारेमा सिकाइएको थियो । शिविरमा सहभागी भएकाहरुले ओशोको बारेमा नजिकबाट बुझ्न आफूलाई मद्दत मिलेको बताएका थिए । शिविरमा उक्त संस्थाकी संचालिक आत्मो ज्योत्सनाले सहभागीलाई ओशोको महिमा बारे जानकारी दिएकी थिइन ।


महिलाहरु प्राय नेपाली समाजमा चिन्ता, पीडा र डिप्रेशनमा बढी रहने भएका कारण उनीहरु यस ध्यानमा सहभागी हुन आवश्यक रहेको संचालिका आत्मो ज्योत्सनाले बताइन् ।

नेपाली समाजमा महिलाहरु बढी चिन्तित र पीडामा छन् । जसले गर्दा डिप्रशेन जस्तो खतनाक रोगको शिकार भएका छन् । ओशोको ध्यानबारे केही सिक्ने र जाने र नियमित ध्यानमा रहने हो भने यस्ता समस्याबाट मुक्त हुन सक्ने उनले बताइन् ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung