१ जेष्ठ २०८१, मंगलवार

 

भारतको उत्तराखण्डमा एक नेपाली मृत भेटिए

भारतको उत्तराखण्ड राज्यको चमोली जिल्लाबाट बेपत्ता भएका एक नेपाली मृत भेटिएका छन्।

मंगलबार बिहानबाट बेपत्ता ती कामदारको शव अलकनन्दा नदीको किनारमा भेटिएको प्रहरीले जनाएका छन्।

मृत्यु हुनेमा नेपालको बर्दिया स्थायी घर भइ हाल चमोलीको अलकानन्दमा नदी छेउछाउमा निर्माण मजदुरको काम गर्ने केशव बहादुर छेत्री रहेको चमोली प्रहरीले जनाएको छ।

केही महिला अघिमात्र चमोली पुगेका उनी आफ्ना भाइ महादेव बहादुर छेत्रीसँग बस्दै आएका थिए। भाइ पनि उक्त निर्माण कार्यमा मजदुरीको काम गर्छन्।

मंगलबार बिहान कोठाबाट एकाएक दाजु बेपत्ता भएपछि महादेव र उनका साथीहरू खोज्न निस्केका थिए। उनीहरूले केशवको शव अलकनन्दा नदीमा तैरिरहेको अवस्थामा भेटेपछि प्रहरीलाई जानकारी दिएका थिए।

प्रहरीले शवलाई नदीबाट निकालेर पोस्टमार्टमका लागि पठाएको छ।

का गर्ने क्रममा चिप्लेर नदीमा खस्दा उनको मृत्यु भएको हुनसक्ने अनुमान प्रहरीले गरेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरील् जनाएको छ।

प्रतिक्रिया दिनुहोस्