ओशो अमृतम ध्यान केन्द्र बागलुड र नेपाल पत्रकार महासंघ बागलुडको आयोजनामा एक दिने ध्यान शिविर सम्पन्न भएको छ ।तनावबाट मुक्ति ,समयको व्यवस्थापन र जीवनको लक्ष्यको विषयमा ओशो अमृतम ध्यान केन्द्र बागलुडकी आत्मो जोस्नाले प्रवचन दिएकी थिइन ।ध्यान शिविरमा २० जना पत्रकारहरुको सहभागिता थियो ।
नेपाल पत्रकार महासंघ बागलुडको पुस्तकालयको लागि ओशो
ध्यान केन्द्र बागलुडले तपोवन पब्लिकेशनको ३८ हजार बराबरको पुस्तक नेपाल पत्रकार महासंघ बागलुुडको अध्यक्ष दिल शिरिषलाई हस्तान्तरण गरेका थिए । क्यानडा निवासी स्वामी शशि राई र माँ सुषमा राई पत्रकार महासंघको पुस्तकालयको लागि पुस्तक राख्ने दराज उपलब्ध गराएको थियो ।ओशो अमृतम ध्यान केन्द्र बागलुडकी अध्यक्ष लिला देवी खड्का र नेपाल पत्रकार महासंघ बागलुडको अध्यक्ष दिल शिरिषले मन्तव्य व्यक्त गरेका थिए ।



















































































































































































































