११ कार्तिक २०८३, मंगलवार

 

नेपाल पत्रकार महासंघको भवन निर्माणको आर्थिक सहयोग

नेपाल पत्रकार महासंघको भवन निर्माणको व्यवसायी ताराप्रसाद श्रेष्ठ र श्रीमती सुन्दरी श्रेष्ठले आर्थिक सहयोग गरेका छन । बानपा २ स्थिति ओम गणपति सुनचाँदी गहणा पसलका प्रोपराइटर श्रेष्ठ दम्पतिले महासंघ भवन निर्माणको लागि ५ हजार ५० रुपैया नेपाल पत्रकार महासंघ बागलुडको अध्यक्ष दिल शिरिषलाई हस्तान्तरण गरेका हुृन ।

सामाजिक सेवामा केहि सहयोग होस भनेर महासंघको भवन निर्माणको लागि सहयोग गरेको व्यवसायी श्रेष्ठले नयाँ विश्वलाई बताए ।पत्रकार महासंघ बागलुडले भवनलाई पुर्णता दिन दोस्त्रो चरण आर्थिक सहयोग संकलन अभियान संचालन गरेको अध्यक्ष दिल शिरिषले जानकारी दिए । भवनले पुर्णता पाउन ३० लाख आवश्यक रहेको कोषाध्यक्ष विजय रानाले बताए ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung