११ कार्तिक २०८३, मंगलवार

 

जिल्ला सहकारी संघका अध्यक्ष गौतमलाई पितृ शोक- संघद्वारा श्रद्धाञ्जली

जिल्ला सहकारी संघ लिमिटेड बागलुङले संघका अध्यक्ष दिपक गौतमका पिताको निधन प्रति दुख व्यक्त गर्दै बिहीवार श्रद्धाञ्जली अर्पण गरेको छ ।


संघका अध्यक्ष गौतमका पिता बालानन्द गौतमको ८५ वर्षको उमेरमा माघ ६ गते बागलुङ नगरपालिका वडा नं. ३ बुद्धचोकस्थित निवासमै निधन भएको थियो ।
संघका उपाध्यक्ष अशोकगोविन्द राजभण्डारीले संघको तर्फबाट शोक पत्र परिवारका सदस्य कुमार पौडेललाई हस्तान्तरण गर्नु भएको थियो । संघका अध्यक्ष गौतमका पिताको निधनले संघ परिवारलाई स्तब्ध तुल्याएको शोक     पत्रमा उल्लेख छ । दुखको यस घडिमा स्वर्गीय गौतमप्रति श्रद्धाञ्जली अर्पण गर्दै संघले शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ ।

संघका सल्लाहकार तथा राष्ट्रिय सहकारी बैंकका सञ्चालक रामबहादुर जिसी, संघका सचिव तेजेन्द्र बहादुर थापा, कोषाध्यक्ष अञ्जु जिसी, सञ्चालकहरु धु्रवप्रसाद शर्मा, र रतनप्रसाद मलेपति, प्रवन्धक पुजन शर्मा लगायतले स्वर्गीय गौतमप्रति श्रद्धाञ्जली अर्पण गर्नु भएको थियो ।
श्रद्धाञ्जली कार्यक्रमको सञ्चालन संघका सञ्चालक सदस्य सीता शर्माले  गर्नु भएको थियो ।    स्वर्गीय  गौतमका ५ भाई छोरा, ३ बहिनी छोरी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung