आफ्नी ममतामयी आमाको पुण्य तिथिको अवसरमा एक परिवारले बागलुङ जिल्ला सदरमुकाममा सञ्चालित मानव सेवा आश्रमलाई आज नगद तथा खाद्यान्न सहयोग गरिएको छ ।
गलकोट नगरपालिका–२ नरेठाटी निवासी स्वर्गीय भुमा कुमारी बस्नेतको पुण्य तिथिको अवसरमा उहाँको परिवारले मानव सेवा आश्रमलाई आठ हजार नगद तथा ७ हजार बराबरको खाद्यन्न सामाग्री सहयोग गरिएको हो ।
स्वर्गिय बस्नेतका छोरा सम्मर बहादुर बस्नेत, बेल बस्नेत, बुहारी धन कुमारी बस्नेत र उमा बस्नेतले छोरी बिमला भण्डारी मार्फत मानव सेवा आश्रमलाई सहयोग प्रदान गरिएको हो । छोरा सम्मरको परिवार अमेरिकामा छन् भने बेलको परिवार जापानमा रहेका छन् । आफुहरुले कमाएको पैसाको केही अंश खर्च गर्न पाउँदा खुसी भएको बताउनुभयो ।
साविक धौलागिरिका चार जिल्ला बागलुङ, पर्वत, म्याग्दी, मुस्ताङलाई सडक मानव मुक्त बनाउनका लागि जिल्लामा क्रियाशिल मानव सेवा आश्रममा हाल पुण्य तिथि, विवाह, ब्रतबन्ध, जन्मदिनको अवसरमा प्राप्त सहयोगका आधारमा सञ्चालन गरिरहेको मानव सेवा आश्रमका सहजकर्ता सुमिरा लामाले बताउनुभयो । अहिले मानव सेवा आश्रममा २४ जना असहायले आश्रय लिइरहेका छन् ।



















































































































































































































