७ जेष्ठ २०८१, सोमबार

 

बागलुङ कारागारका कैदीबन्दीहरुलाई स्वास्थ्य परीक्षण

बागलुङ÷जिल्ला कारागार बागलुङमा बृहत स्वास्थ्य परिक्षण शिविर शुरु गरिएको छ । स्वास्थ्य परिक्षण सुभारम्भ कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी बेदप्रसाद खरेलले कारागारलाई सुधारगृहको रुपमा लिएर कैदीबन्दीहरुलाई आफुमा अन्तर्निहीत नराम्रा गुणहरु त्यागेर सकारात्मक सोँचको विकास गरी समाजमा रुपान्तरित जीवन सुखमय बनाउन आग्रह गर्नुभयो ।

जिल्ला स्वास्थ्य कार्यालय बागलुङको आयोजनामा सञ्चालित गरिएको तालिममा जिल्ला खेलकूद विकास समितिका तर्फबाट कारागारका रहेका कैदी बन्दीहरुको लागि शारीरिक तन्दुरुस्तीका लागि भलिबल लगायतका खेलकूद सामाग्रीहरु समेत प्रजिअ खरेलले हस्तान्तरण गर्नुभएको थियो ।

कार्यक्रमका अवसरमा जिल्ला जनस्वास्थ्यका प्रमुख प्रशासकीय अधिकृत दीपक तिवारीले कारागारमा रहेका कैदीबन्दीहरुलाई स्वास्थ्य शिक्षाबारे परामर्श सहित उनीहरुको बृहत स्वास्थ्य परीक्षण गर्न सुरु गरिएको चर्चागर्दै क्षयरोग, एचआईभी, मृगौला, रक्तचाप आदिको परीक्षण गरिने जानकारी दिए । प्रमुख प्रशासक तिवारीले स्वास्थ्य परीक्षण कार्यक्रम तीन दिनसम्म चल्ने पनि बताए ।

सो अवसरमा शहरी विकास डिभिजन कार्यालय बागलुङका प्रमुख सीडीई सचिन्द्र कुमार देवले कारागारको भौतिक अवस्थाका बारेमा अवलोकन गरी तत्कालै भवन सुधारमा आफूले काम गर्ने बताउनुभएको छ । जिल्ला खेलकुद विकास समितिका अध्यक्ष धनबहादुर परियारले मन्तव्य व्यक्त गरेका थिए० े । कारागारमा क्षमता भन्दा बढी कैदी बन्दी हुदा स्वास्थ्यमा असर पुग्ने भन्दै स्वास्थ्य परिक्षण शिविर सञ्चालन गरिएको हो ।

कार्यक्रममा स्वास्थ्य कार्यालयका प्रमुख दिपक प्रसाद तिवारीको अध्यक्षता, कारागार प्रमुख मोहन उपाध्यायको स्वागत तथा जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी घनश्याम सापकोटाको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्