६ जेष्ठ २०८१, आईतवार

 

१३ वर्षिया बालिकालाई यौन दुव्र्यबहार गर्ने नेपाली जेल चलान

पर्वत–१३ बर्षिया बालिकालाई यौन दुव्र्यबहार गरेको कसुरमा पर्वत जिल्लाको मोदी गाउँपालिका वडा नं ८ चित्रेका २० वर्षिय राजेश नेपाली जेल चलान भएका छन् । पर्वत जिल्ला अदालतको आईतवारको फैसलाले १ वर्ष ६ महिना कैद र १५ हजार क्षतिपुर्ति सहित १५ हजार जरिवानाको सजाय सुनाएको छ ।

अभियुक्त नेपालीले १३ वर्षिया बालिकालाई मंसिर २६ गते फकाई करणी प्रयास गरेको आरोपमा पौष २ गते पर्वत जिल्ला अदालतमा यौन जन्य अपराधमा मुद्धा दर्ता भएको थियो । आफन्तको घरमा जाँदै गरेकी बालिकालाई बाटोमा फकाई उनले करणी गरेको प्रारम्भिक अनुसन्धानमा आएपछि नेपाली विरुद्ध मुद्धा दर्ता भएको थियो । पीडित बालिकाको पौष १ गते जिल्ला स्वास्थ्य कार्यालय पर्वतमा स्वास्थ्य परिक्षण सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्