१२ कार्तिक २०८३, बुधबार

 

रेडियोकर्मीको ढोरपाटन घोषणा–पत्र जारी

बागलुङ । नेपाल पत्रकार महासंघ बागलुङ शाखाले गरेको जिल्लामा सञ्चालित १० एफएम रेडियोमा कार्यरत ३० भन्दा बढी रेडियोकर्मीको भेला ७ बुँदे घोषणापत्र जारी गर्दै बुर्तिबाङमा सम्पन्न भएको छ । भेलाले  जिल्लाका रेडियोमा कार्यरत पत्रकार, सञ्चारकर्मीहरुले अझै न्युनतम पारिश्रमिक नपाइरहेको समस्या रहेकोले त्यसकाे पहल गर्न अावश्यक रहेकाे जनाएकाे छ ।

रेडियाेकर्मीको समस्या समाधानका लागि तत्काल श्रमजिवी पत्रकार ऐन अनुसार न्युनतम  पारिश्रमिक उपलब्ध गराउन उनीहरुले भलाले माग गरेकाे छ । यसका लागि सञ्चार संस्थामा कार्यरत पत्रकारलाई अनिवार्य रुपमा नियुक्ति पत्र लिएर काम गर्न, आफ्नो जिम्मेवारी कुशलतापूर्वक पुरा गर्न र श्रमजिवी पत्रकार ऐनको प्रभावकारी कार्यन्वयन गर्न गराउन भेलाले पत्रकार महासंघलाई समेत आग्रह गरेको छ ।

जिल्लाका रेडियोकर्मीको पारिश्रमिक, श्रमजिवी पत्रकारमैंत्री बातावरणको अवस्था बुझ्न र महासंघले खेल्नुपर्ने भुमिकाका बारेमा छलफल गर्न भेला आयोजना गरिएको महासंघका शाखा अध्यक्ष दिल शिरीषले बताए । भेलामा जिल्ला सदरमुकामका धौलागिरी एफएम, बागलुङ एफएम, सयपत्री एफएम, गलकोट एफएम हटिया, सारथी एफएम खरबाङ, रेडियो बिहानी बरेङ, रेडियो शुभेच्छा कुश्मिशेरा, रेडियो परिवर्तन, रेडियो बुर्तिबाङ र रेडियो ढोरपाटनमा कार्यरत रेडियोकर्मीको सहभागिता रहेको थियो ।
नागरिकको सुचनाको हक सुनिश्चित गर्न सामाजिक उत्तरदायित्व सहितको पत्रकारितालाई आत्मसाथ गर्दै आगामी दिनमा रेडियो मार्फत रेडियोकर्मीको भुमिकालाई थप प्रभावकारी बनाउने समेत भेलाले प्रतिवद्धता जाहेर गरेको महासंघका सचिव राम थापा अविरलले बताए ।  पछिल्लो समय सुचना प्रबिधीमा भएको बिकासले डिजिटल युगको अरम्भ भएको छ । मोफसलमा पनि पत्रकारिता तर्फ आकर्षण देखिए पनि पत्रकारहरुमा वेतन समस्या रहेको उनीहरुले औल्याए । स्थानीय निकायमा अधिकार विकेन्दित भएको आएको अवस्थामा रेडियो भुमिका अझै शसक्त भएको छ । दुरदराजका गाउँ र आम नागरिकको अनिवार्य आवश्यकता र भरोसा बनिरहेको बेला जिल्लामा सञ्चालित रेडियोको व्यवस्थापनमा थुप्रै समस्या देखिएका छन् । त्यसैले रेडियो सञ्चालक र व्यवस्थापन पक्षलाई यसको समाधानका लागि भेलाले आग्रह गरेको छ ।

घोषणापत्रमा जिल्लाका रेडियोमा कार्यरत पत्रकार सञ्चारकर्मीको सिप र दक्षताका लागि सञ्चार माध्यमका तर्फबाट आवश्यक पहल र अवसर नभएको गुनासो उनीहरुले गुनासो समेत गरे । त्यसका लागि पत्रकार महासंघलाई समन्वय र पहलकदमी लिएर समस्य समाधान गर्न भेलाले आग्रह ग¥यो ।जिल्लाका सञ्चारकर्मीको क्षमता अभिवृद्धिका लागि स्थानीय सरकार र सम्वद्ध सञ्चार संस्थालाई आग्रह गर्ने निर्णय भेलाले गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung