कपिलवस्तु । अखिल नेपाल शिक्षक संगठन कपिलवस्तुका अध्यक्ष राम निवास चौहानलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । विप्लव निकट रहेकाे अाराेपमा उनलाई शुक्रबार प्रहरीले पक्राउ गरेकाे हाे ।
कपिलवस्तुको मायादेवी गाउँपालिका पकडीमा रहेको छत्रपाली त्रिर्थादेवी माध्यमिक विद्यालयमा विद्यार्थीलाई एसईईको परिक्षा दिलाउन ल्याएको समयमा चौहानलाई प्रहरीले पक्राउ गरेको स्थानीयले बताए । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका डिएसपी रबी रावलका अनुसार विप्लवका कार्यकताहरु समाउन विभिन्न ठाउँमा प्रहरी परिचालन गरिएको छ ।
अध्यक्ष चौहान कपिलवस्तुको जनता माध्यामिक विद्यालय बलुहवाका प्रधानाध्यापक समेत हुन। इलाका प्रहरी कार्यालय पकडीको टोलीले चौहानलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय तौलिहवामा पु¥याएको छ । जिल्लामा पछिल्लो समय नेकपाका नेता कार्यकर्तामाथि प्रहरीले उच्च निगरानी बढाएको छ ।



















































































































































































































