१२ कार्तिक २०८३, बुधबार

 

धार्मिक मतभेद हुँदा हिंसा भड्कने खतरा बढ्यो

बाग्लुङ । जिल्लाको काँठेखोला गाउँपालिका– ६ पौवाडाँडा बिहुँस्थित श्री पमेश्वर राममन्दिर पुर्ननिर्माण गर्ने उदेश्यले आयोजित महायज्ञको उद्घाटन गर्दै सन्तसमाजका केन्द्रीय अध्यक्ष एवं हरिहर शन्यास आश्रम देवघाट तनहुँका पिठाधिश्वर श्री १००८ ग्यान्नद सरस्वती महाराजले हिन्दु धर्म बीचैनै शिवभक्त, बिष्णुभक्त र रामभक्त भन्दै साम्प्रदायिक हिंसा भड्कने खतरा बढेको बताएका छन्

महायज्ञको उद्घाटन गर्दै साम्प्रादायिक हिंसाले हिन्दु धर्म कम्जोर बन्दै गएकाले यसलाई बेलैमा शुल्झाउनु पर्ने उनको तर्क छ । मुलआयोजक समितिका अध्यक्ष टिकाराम कँडेलको अध्यक्षता युक्तप्रसाद कँडेलको स्वागत मन्त्वय शुरु भएको कार्यक्रममा गोबिन्दप्रसाद कँडेल टंकप्रसाद कँडेल वडाध्यक्ष शिव कँडेल पत्रकार महासंघ बाग्लुङकी सल्लाहाकार कोपिला कंडेल हरि प्रसाद कडेंल लगायतले शुभकामना मन्तव्य राखेको थिए ।

महायज्ञको पहिलो दिनै २७ लाख २०हजार ७ सय ७७ रुपैयाँ संकलन भएको प्रमुख  पण्डित भरत सुवेदीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung