२५ असार २०८२, बुधबार

 

सुत्केरी श्रीमतीमाथि चिपर्ट प्रहार : टाउकोमा ३१ टाँका

पर्वत । सुत्केरी श्रीमती कुटेको आरोपमा फलेवास नगरपालिका–२ थापाठाना खनारका ३० वर्षीय मदन नेपालीलाई प्रहरीले पक्राउ परेका छन् । आइतबार राति ९ बजे ३३ वर्षीया श्रीमती मुना नेपालीलाई मादक पदार्थ सेवन गरी चिपर्ट प्रहार गरेका हुन् । घाइते श्रीमतीको टाउकोमा ३१ टाँका लगाइएको छ । छिमेकीले घटनाबारे प्रहरीलाई जानकारी गराएपछि फलेवास नगरपालिका–१ कार्कीनेटाबाट गएको प्रहरीले श्रीमानलाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक भुवनेश्वर तिवारीले बताए । घटनाका विषयमा थप अनुसन्धान भइरहेको उपरीक्षक तिवारीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung