बागलुङ । ताराखोला गाउँपालिकाले एक कार्यक्रमको आयोजना गरी नवागत प्रमुख प्रशासकीय अधिकृत राम प्रसाद शर्मा लाई स्वागत गरेको छ ।
स्वागत कार्यक्रमको क्रममा ताराखोला गाउँपालिकाका अध्यक्ष प्रकाश घर्तीले आ.व. २०७५/७६ को नीति तथा कार्यक्रम पुस्तिका प्रमुख प्रशासकीय अधिकृत लाई हस्तान्तरण गरेका थिए भने प्रमुख प्रशासकीय अधिकृत शर्माले गाउँपालिकाद्वारा निर्धारण गरिएका कार्यक्रमलाई सम्पूर्ण जनप्रतिनिधि र कर्मचारीहरुको समन्वय र सहकार्यमा सम्पन्न गर्ने तर्फ ध्यान दिने कुरा बताएका थिए।

यस अघि गुल्मी जिल्लाको गुल्मीदरबार गाउँपालिकामा कार्यरत शर्मा सरुवा भई चैत्र २६ देखि ताराखोला गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालेको ताराखोला गाउँपालिकाका अध्यक्ष प्रकाश घर्तीले जानकारी दिए ।
कार्यक्रममा ताराखोला गाउँपालिकाका उपाध्याक्ष दिल कुमारी पुन रोका ,वडा न ४ का अध्यक्ष जित बहादुर खत्री , प्राविधिक शाखा प्रमुख हरि बहादुर रावल लगायतले मन्तव्य राखेका थिए । यस अघि गत शुक्रवार मात्र अख्तियारमा सरुवा भएका प्रमुख प्रशासकिय अधिकृत तोपलाल भुषाल लाई गाउँपालिकाले विदाई गरेको थियो ।
कार्यक्रम ताराखोला गाउँपालिका अध्यक्ष प्रकाश घर्तीको अध्यक्षता र सूचना अधिकृत जित बहादुर सुनारको संचालनमा सम्पन्न भएको थियो ।



















































































































































































































