काठमाडौं। नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आह्वान गरेको बन्दका क्रममा उपत्यकामा सामान्य प्रभाव देखिएको छ । शैक्षिक संस्था बन्द छन् । तुलनात्मक रूपमा अघिपछिभन्दा मुख्य सडकहरूमा गाडी कम देखिएका छन् । सर्वसाधारणको आवतजावतसमेत पातलिएको छ । यद्यपि कतै तोडफोड, आगजनीका घटना भएका छैनन् । (फोटोफिचर)






















































































































































































































