३ जेष्ठ २०८१, बिहीबार

 

नेपालको लगातार दोस्रो जित

काठमाडौं । थाईल्यान्डमा जारी एसीसी यू१६ इस्टन रिजन क्रिकेट प्रतियोगितामा नेपालले लगातार दोस्रो जित निकालेको छ ।

बुधबार मलेसियालाई ३९ रनले पराजित गर्दै नेपालले सेमिफाईनल यात्रा बलियो बनाएको छ । १ सय ४२ रनको लक्ष्य पछ्पाएको मलेसिया ३३.२ ओभरमा अल आउट हुँदै १ सय २ रनमा समेटियो ।

मलेसियाका लागि शर्वेन शुरेन्द्रनले ८० बलमा ३ चौका सहित ४६ रनमा अविजित रहन बाहेक अन्यले राम्रो प्रर्दशन गर्न सकेनन् । सुरेन्द्रनले छैटौं विकेटका लागि वान अहमद असरार्फसँग ५३ रनको साझेदारी गर्दै हारको अन्तर घटाए ।

यस अघि नेपालले पहिलो खेलमा म्यानमारलाई ७ विकेटले पराजित गरेको थियो । नेपालले आफ्नो समुह चरणको अन्तिम खेल बिहीबार आयोजक थाईल्यान्डसँग खेल्ने छ ।

प्रतिक्रिया दिनुहोस्