बागलुङ । नेपाली कांग्रेसका केन्द्रीय सहमहामन्त्री प्रकाश शरण महतले नेपाली कांग्रेस सधैं प्रेस स्वतन्त्रताको पक्षमा प्रतिबद्ध रहेको बताए ।
नेपाल प्रेस युनियन बागलुङले अायाेजना गरेको पत्रकार भेटघाट कार्यक्रममा सहमहामन्त्री महतले अहिले सरकारले ल्याउन लाएको मिडिया काउन्सिल बिधेयककाे संसदमा शसंक्त ढंगले बिराेध गर्ने बताए ।
‘सरकार अहिले अधिनायकवाद भन्दा पनि माथि जान खोजेको छ ।’ मैले जे बोल्छु त्यहीँ समाचार लेख भन्ने सरकारको मनशाय हो, । ‘त्यही अवधारणाले सरकारले मिडिया नियन्त्रण गर्नेगरी विधेयक ल्याउन चाहेको ।’ सहमहामन्त्री महतले भने ।
अहिले समाचार लेखे २५ हजार देखि १० लाखसम्म जरिवाना गर्ने जुन कानुन बनाउदै छन् त्यसको सबैले बिरोध गर्नुपर्छ महतले भने ।लोकतन्त्रको आधार भनेको प्रेस स्वतन्त्रता हो, यो भएन लोकतन्त्र नै रहदैन् । समाजवादी पार्टी नेपालका अध्यक्ष डा. बाबुराम भट्टराईले नेपाली काङ्ग्रेसलाई भोलिका दिनमा म्युजियममा खोज्नुपर्छ भनी आरोप लगाउनु भएको छ, भन्ने जिज्ञासा राख्दा महतले ‘कसलाई कहाँ म्युजियममा खोज्नुपर्छ भन्ने कुरा भनिरहन पर्दैन ।’ महतले भने । नेपाल प्रेस युनियनका अध्यक्ष प्रदीप पन्तको अध्यक्षतामा भएको पत्रकार भेटघाट कार्यक्रममा महतले यस्तो बताएका हुन् ।
















































































































































































