बागलुङ – नेपाल कम्युनिष्ट पार्टी नेकपा गलकोट नगर कमिटीको आयोजनामा प्रथम बैठक तथा सपथ ग्रहण कार्यक्रम हटियामा सम्पन्न भएको छ । कार्यक्रमलाई सम्वोधन गर्दै नेकपाका जिल्ला अध्यक्ष तथा प्रदेश सांसद ईन्द्रलाल सापकोटाले नेपालमा समाजवाद निर्माण गरी समृद्ध राष्ट्र निर्माण गर्ने उद्येश्यले तत्कालिन एमाले र माओवादी केन्द्र बिच पार्टी एकता भएको बताए ।

पार्टी एकतापछि भौतिक रुपमा कार्यकर्ता एक ठाँउमा भईसकेको र अब मानसिक रुपमा एक ढिक्का हुनुपर्ने सांसद सापकोटाको भनाई छ । उनले भने,”अहिले एक थरी तत्व अनेक बाहानबाजी गरेर विभिन्न योजनामा संविधान च्यात्ने प्रयत्नमा लागि परेकोले लोकतन्त्र, धर्मनिरपेक्षता, संघियता समावेशिता खतरामा रहेका छन्। त्यसको नेकपाका नेता कार्यकर्ता सजग रहनु पर्छ।”
सो अवसरमा सांसद सापकोटाले नेपाल कम्युनिष्ट पार्टी नेकपा गलकोट नगर कमिटीका नव गठित कार्य समितिलाई सपथ ग्रहण गराए । सपथ ग्रहण कार्यक्रममा नेकपाका नेता कार्यकर्ता लगायतको उल्लेख्य उपस्थिती रहेको थियो । कार्यक्रम नेपाल कम्युनिष्ट पार्टी नेकपा गलकोट नगर कमिटीका अध्यक्ष ललित श्रीसको अध्यक्षता, सदस्य कौशिला घर्तीको स्वागत र सचिव डम्मर श्रीसको सञ्चालनमा सम्पन्न भएको थियो ।



















































































































































































































