४ श्रावण २०८३, सोमबार

 

ओली प्रचण्ड भेट : जिम्मेवारी बाँडफाँटमा रस्साकस्सी

पालैपालो सत्ताको नेतृत्व गर्ने सहमति कार्यान्वयन हुनुपर्ने विषय उठेसँगै पार्टीभित्र तरंग बढिरहेको बेला आइतबार नेकपाका दुई अध्यक्षले वार्ता गरेका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच वार्ता भएको हो ।
दाहालसँग एक्लै वार्ता गरेका प्रधानमन्त्री ओलीले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालसँग पनि एक्लै छलफल गरेका थिए । बालुवाटारमै अध्यक्षद्वय ओली र दाहालले महासचिव विष्णु पौडेल तथा सचिवालय सदस्य रामबहादुर थापासँग पनि छलफल गरेका छन् । प्रधानमन्त्रीको वार्ता र छलफल पार्टीभित्रको जिम्मेवारी बाँडफाँटमा केन्द्रित रहेको नेताहरूको भनाइ छ ।
(आजको कान्तिपुर दैनिकबाट)

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung