१७ बैशाख २०८१, सोमबार

 

नेयमारले कोपा अमेरिका प्रतियोगिता गुमाउने

ब्राजिलका स्टार फरवार्ड नेयमारले कोपा अमेरिका प्रतियोगिता गुमाउने भएका छन् । ब्राजिल फुटबल महासंघले चोटका कारण नेयमार कोपा अमेरिका गुमाउने पक्का भएको जनाएको हो ।

बिहिबार बिहान कतारविरुद्धको मैत्रीपुर्ण खेलमा उनको दायाँ खुट्टाको एंकल लिगामेन्टमा चोट लागेको थियो। उक्त चोटका कारण नेयमार खेलको २१ औं मिनेटमा मैदान छाड्न बाध्य भएका थिए ।

गम्भिर चोटका कारण उनको शारिरिक अवस्था ठिक नभएको र निको हुन पर्याप्त समय समेत नभएकाले उनले कोपा अमेरिका गुमाउने ब्राजिल फुटबल महासंघले जनाएको छ । नेयमारको चोटसँगै ब्राजिललाई ठुलो झट्का लागेको छ । घरेलु भुमिमा ब्राजिललाई कोपा अमेरिका कपको उपाधि जित्न ठुलो समस्या हुनेछ ।

ब्राजिलले कोपा अमेरिका कपअघि होन्डुरससँग मैत्रीपुर्ण खेल खेल्दैछ । कोपा अमेरिका कपमा ब्राजिल रहेको समूह ‘ए’ मा बोलिभिया, पेरु र भेनेजुएला रहेका छन् । ब्राजिलले १४ जुनमा बोलिभियासँग खेल्दै प्रतियोगिताको शुरुवात गर्नेछ ।

ब्राजिलमा आयोजना हुने कोपा अ मेरिकाको ४६ औं संस्करण जुन १४ देखि जुलाई ७ सम्म चल्ने छ। प्रतियोगितामा उपाधिकालागि १२ देश भिड्दै छन्।
यस अघि सन् २०१५ र २०१६ मा भएका प्रतियोगितामा चिलीले जित हासिल गरेको थियो।

प्रतिक्रिया दिनुहोस्