१४ कार्तिक २०८३, शुक्रबार

 

फोहोर व्यवस्थापन गर्न भेला

बागलुङ फोहोर व्यवस्थापन सहकारी संस्थाको कलस्टर भेला शनिबार बानपा–४ कुँडुलेमा सम्पन्न भएको छ । घरायसी प्रयोजनबाट निस्कने र अन्य जथाभाबी हुने फोहोर व्यवस्थित गर्ने उद्देश्यले भेला डाकिएको हो ।

संस्थाले विभिन्न स्थानबाट निस्कने फोहोरको दिगो व्यवस्थापनमा काम गरिरहेको छ  । भेलामा संस्थाका अध्यक्ष सुधीर श्रेष्ठ, सल्लाहकार हिमालप्रसाद शर्मा, स्थानीय रीता शर्मा, कृष्णप्रसाद आचार्यले धारणा राखेका थिए । उक्त अवसरमा कृष्णप्रसाद आचार्यको संयोजकत्वमा ११ सदस्यीय उपसमिति गठन गरिएको छ ।

संस्थाका संरक्षक पद्मचन्द्र राजभण्डारीको अध्यक्षता र सचिव भीमसेन पन्तको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । आगामी दिनमा पनि बानपाका अन्य स्थानमा कलस्टर भेला गर्ने संस्थाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung