१ जेष्ठ २०८२, बिहीबार

 

गुठी बिधेयकविरुद्ध उपत्यका बन्दको आव्हान

सरकारले ल्याएको गुठी विधेयकविरुद्ध राजधानीका नेवार समुदाय मात्र जागेका बेला विश्वहिन्दु युवासंघ पनि सडकमा उत्रिने भएको छ । युवासंघले आगामी साता राजधानी बन्दको घोषणा गरेको छ ।

विश्व हिन्दु युवा संघ अन्तराष्ट्रिय समितिले आइतबार रिपाेर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी  विधेयकको विरोधमा आगामी असार १० गते काठमाडौं उपत्यका बन्द आव्हान गरिएको जानकारी गराएको हो।

विभिन्न धार्मिक संघसंस्थाले आगामी असार १० गते  उपत्यका बन्द आह्वान गरेका हुन्। विश्व हिन्दू युवा संघ अन्तराष्ट्रिय समितिले आईतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सो विधेयकको विरोधमा आगामी असार १० गते काठमाडौं उपत्यका बन्द आह्वान गरिएको जानकारी गराएको हो।

समितिले सो विधेयकको विरोधमा असार २ गतेबाटै चरणवद्ध आन्दोलनको कार्यक्रम घोषणा गरेको छ।

असार २ गते विधेयक फिर्ता लिन माग गर्दै देशैभरका सबै जिल्ला प्रशासन कार्यालयमार्फत् सरकारलाई ज्ञापन पत्र बुझाउने, असार ३ गते सो विधेयकको विरोधमा पशुपतिनाथ मन्दिर परिसरमा विरोध सभा आयोजना गर्ने, असार ४ गते देशका सबै मठमन्दिरमा १० मिनेट घन्टा बजाउनेलगायतका विरोधका कार्यक्रम तय गरिएको छ।

असार ५ गते काठमाडौंको बसन्तपुरमा विरोध सभा आयोजना गर्ने, असार ७ गते गुठीसँग सम्बन्धित निकायसँग अन्तरक्रिया गर्नेलगायतका विरोधका कार्यक्रम छन् ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung