८ कार्तिक २०८३, शनिबार

 

अशोक लेलैन्डका गाडी खरिदमा ज्योति विकास बैंकको कर्जा सुविधा

अशोक लेलैन्डका गाडी खरिदमा उपभोक्ताले ज्योति विकास बैंकबाट ७० प्रतिशतसम्म कर्जा सुविधा पाउने भएका छन् ।

आईएमई ग्रुपअन्तर्गत सञ्चालित आइएमई मोटर्स प्रालिद्वारा प्रवर्धित अशोक लेलैन्ड र बैंकबीच सोमबार यस्तो सम्झौता भएको हो । सम्झौतापत्रमा बैंकको तर्फबाट डिजिएम सुशील कुमार शर्मा र आइएमई मोटर्सका तर्फबाट भाइस प्रेसिडेन्ट इमरान ए. खानले हस्ताक्षर गरेका छन् । कर्जा सुविधा लिन आइएमई मोटर्सको सिफारिस अनिवार्य छ ।

यो सम्झौताबाट ग्राहकहरूलाई आगामी दिन अशोक लेलैन्डका विभिन्न सवारीसाधन खरिदमा सहजै कर्जा उपलब्ध हुने दुवै कम्पनीका प्रमुखहरूले बताए । दुई कम्पनीबीच आगामी दिन थप सहकार्य गर्दै अघि बढ्ने सहमति पनि भएको छ ।

रेमिटेन्स व्यवसायबाट उदाएको आइएमई ग्रुप सन् २००१ मा स्थापना भएको हो । रेमिटेन्स, बैंकिङ, इन्स्योरेन्स, अटोमोबाइल्स, इनर्जी, ट्राभल–टुर्स, पर्यटन, सूचनाप्रविधि, ऊर्जालगायत विभिन्न क्षेत्रमा लगानी विस्तार गर्दै रोजगारीका सिर्जना गर्नमा आइएमई ग्रुप निरन्तर लाग्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung