‘नाडा अटो सो २०१९’ मा राखिएको सबैभन्दा महँगो बाइक बिक्री भएको छ । एमभी अगस्टाको लागि नेपालमा आधिकारीक वितरक भेलोसिटी प्राइभेट लिमिटेडले अटो सोमा सार्वजनिक गरेको ७३ लाख ९० हजार रुपैयाँको बाइक ज्योति समूहका कार्यकारी निर्देशक सौरभ ज्योतिले किनेका छन् ।
भदौ १० गतेदेखि भृकुटीमन्डपमा चलिरहेको ‘अटो सो ’मा रहेको सबैभन्दा महंगो बाइक रुपमा रहेको ब्रुटाले ८०० आर–आर एलएच ४४ को बाइक हो ।कम्पनीले अटो सोमा सार्वजनिक गरेको यो बाइक संसारभर मात्रै १ सय ४४ युनिटमात्र उत्पादन गरिएको छ । यो मोटरसाइकल दक्षिण एसियामा नै एक युनिट मात्रै आएको थियो । सोही बाइक ‘अटो सो’मा राखिएको थियो ।

फर्मुला १ च्याम्पीयन लेविस ह्यामील्टनसँगको सहकार्यमा निर्माण भएको यो मोटसाइकलमा युरो फोर इनलाइन थ्रि सिलिन्डर इन्जिन लगाइएको छ । अन्य मोडलको तुलनामा प्राविधिक रुपान्तरणसहित ल्याइएको यस मोडलमा उपलब्ध इन्जिनले १४० हर्ष पावर उत्पादन गर्छ भने प्रतिघन्टा २४४ किलोमिटर प्रतिघन्टाको टप स्पीडमा कुद्न सक्ने क्षमता छ । यो बाइक ब्ल्याक, रेड र ह्वाइट पेन्ट सेममा उपलब्ध हुनेछ । कार्बन फाइबर कम्पोनेन्ट दिइएको छ भने, क्रेमिक बेस कोटिंग गरिएको छ ।
यसमा उपलब्ध ब्रेक, क्लच लिभर, फ्लुड रिजर्भर क्याप, लाइटवेट अलोय बिलेट कार्बन फाइबरबाट बनेको कम्पनीले जनाएको छ ।
को हुन् सौरभ ?
सौरभ, ज्योति समूहका कार्यकारी निर्देशक हुन् । सौरभको ज्योति समूह मुलुककै ठूलो व्यापारिक समूहकाे रूपमा चिनिन्छ ।
यो समूहकाे हिमाल आइरन, अस्पतालका लागि अक्सिजन, वाएर, ज्योति इपिनिङ लगायत एक दर्जन भन्दा बढी उद्योगहरु छन् ।
यस समूहको नेतृत्व गरिरहेका उनै सौरभ ज्योतिले । ज्योति समूह पुस्ताऔँदेखि व्यवसायमा आवद्ध छ । त्यही घरनाको तेस्रो पुस्ताका नेतृत्व कर्ता हुन् सौरभ।
लगनशिलता, सालिनता र भद्रता ज्योतिले तयार गरेको छवि हो । सौरभ उद्योग व्यवसायीहरुको छाता संगठन उद्योग वाणिज्य महासंघको कार्यसमितिमा १२ औँ वर्षदेखि जिम्मेवारी लिएर काम गरिरहेका छन् ।
नाडा अटो मोबाइल्स् एशोशियसन अफ नेपालका पूर्व अध्यक्षसमेत भएका ज्योति दक्षिण एसियाले राष्ट्रहरुको संगठन सार्क चेम्बर अफ कमर्शको युवा उद्यमी मञ्चको अध्यक्षको जिम्मेवारी समेत सम्हालिसकेका छन् । उनले नेपाल उद्योग बाणिज्य महासंघको आगामी साधारण सभामा उपाध्यक्षको उम्मेद्वारी दिने तयारी गरेका छन् ।
याे पनि पढ्नुहाेस्
कसले किन्यो ‘अटो सो’मा राखिएको ७४ लाखको बाइक ?
नाडा अटो शोमा एमभी अगस्टाको नयाँ बाइक, मूल्य ७३ लाख ९० हजार रुपैयाँ













































































































































































































