८ जेष्ठ २०८१, मंगलवार

 

विश्वकप छनोट– आज कुवेतविरुद्ध भिड्दै नेपाल

सन् २०२२ मा कतारमा आयोजना हुने विश्वकपको दोस्रो चरणको छनोट खेलमा नेपालले आज (बिहीबार) पहिलो लेगअन्तर्गत कुवेतविरुद्ध खेल्दै छ ।

कुवेतको जविर अल अहमेद इन्टरनेसनल मैदानमा नेपाली समयअनुसार राति पौने ११ बजे खेल हुनेछ ।

प्रतियोगितामा नेपालले होम एन्ड अवेका आधारमा समूहका चार टिमसँग प्रतिस्पर्धा गर्नेछ । नेपालको समूहमा एसियाली पावर हाउस मानिने अस्ट्रेलियासहित कुवेत, जोर्डन र चाइनिज ताइपेई समावेश छन् ।

फिफा वरीयतामा नेपालभन्दा कुवेत चार स्थान मात्र माथि छ । नेपाल १ सय ६६ र कुवेत १ सय ५६औं स्थानमा छ ।

तर शारीरिक र प्राविधिक रूपमा उत्कृष्ट कुवेती टोलीको सामना गर्न नेपाललाई पक्कै कठिन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्