४ जेष्ठ २०८१, शुक्रबार

 

लगातार ७ बलमा ७ छक्का

 

बंगलादेशको शेर-ए बांग्ला नेशनल स्टेडियममा खेलाइएको टी-20  सिरिजको पहिलो खेलमा अफगानिस्तानका मोहम्मद नबी र नजीबुल्लाह जादरान मिलेर लगातार सात बलमा सात छक्का प्रहार गरेका छन ।

उनीहरूले पारीको १७ औं र १८ औं ओभरमा सात छक्का प्रहार गरेका हुन् । १७ औं ओभरको तेस्रो, चौथो, पाँचौं र छैटौं बलमा मोहम्मद नबीले छक्का प्रहार गरे । त्यस्तै १८ औं ओभरमा पहिलो, दोस्रो र तेस्रो बलमा नजीबुल्लहा जादरानले छक्का प्रहार गरे । यससँगै एउटै म्याचमा लगातार सात छक्का प्रहार भयो ।

लगातार सात छक्का अफगानिस्तानको दुई जनामिलेर प्रहार गरे  पनि  कीर्तमान भने बनेन । येही सात छक्काको मदतले अफगानिस्ताले जिम्बाब्बेलाई २८ रनले पराजित गर्‍यो ।

प्रतिक्रिया दिनुहोस्