पटक पटक विवादमा आइरहने पूर्वयुवराज पारस शाह यस पटक पनि विवादमा तानिएका छन् ।पछिल्लो समय एक युवतीसँग निकटता बढेको भिडियो बाहिरिएपछि उनी थप विवादमा तानिएका हुन् ।
पछिल्लो पटक उनको उठबस यूट्यूवर सोनिका रोकायासँग बाक्लिएको छ । सोनिका तिनै युवती हुन, जो चर्चामा आउन उछृङ्खल जस्तो लाग्ने भिडियो यूट्यूबमा अपलोड गर्छिन् ।
उनै सोनिकासँग पारसको सम्बन्ध झांगिएका कारण उनी फेरि विवाद आएका हुन् । यसको पुष्टि टिकटकमा भाइरल भएका दुई भिडियोले गर्छन् ।
जसमा सोनिकाले मुख खोलेर भन्न पो भा’छैन तर, कसलाई था’छैन बोलको गीतमा पारसलाई पृष्ठभूमिमा राखेर अभिनय गरेकी छिन् । जुन भिडियोमा दुईको सम्बन्धका विषयमा थुप्रैले कमेन्ट गरेका छन् ।
https://www.facebook.com/khadkabimal12/videos/1656475057818746/
यो सँगै आर्को भिडियो पनि बाहिरिएको छ ।
यो भिडियोसँगै अर्को एक भिडियोले पनि यी दुईको सम्बन्धका विषयमा प्रश्न उठाएको छ ।
पोखरामा खिचिएको यो भिडियोमा पारसलाई केही शुभेच्छुकसँग भनाभन गरिराखेको देख्न सकिन्छ ।
टिकटकमा भाइरल भएको यो भिडियोले पनि सोनिका र पारसको सम्बन्धका विषयमा प्रश्न उठाएको छ ।
https://www.facebook.com/khadkabimal12/videos/2397926557087006/?modal=admin_todo_tour













































































































































































































