२१ बैशाख २०८१, शुक्रबार

 

सुनको भाउ सस्तियो, कति तोलाको ?

 

पछिल्लो समय केही उकालो लागेको सुनको मूल्यमा यो साता सामान्य गिरावट देखिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार बजारमा छापावाला सुनको मूल्य प्रतितोला २०० ले घटेको छ ।

छापावाला सुनको मूल्य प्रतितोला ७० हजार ८ सय कायम भएको महासङ्घले जनाएको छ । सोमबार छापावाला सुन प्रतितोला ७१ हजारमा खरिदबिक्री भएको थियो ।

यसैगरी तेजाबी सुनको मूल्य पनि प्रतितोला २ सयले घटेको छ । महासङ्घले तेजाबी सुनको मूल्य प्रतितोला ७० हजार ५०० निर्धारण गरेको छ ।

सोमबार तेजाबी सुन प्रतितोला ७० हजार ७ सयमा खरिदबिक्री भएको थियो । यसैगरी चाँदीको मूल्य पनि प्रतितोला ५ रुपैयाँले घटेको छ । आज बजारमा चाँदी प्रतितोला ८६५ मा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्