२० बैशाख २०८१, बिहीबार

 

वरिष्ठ पत्रकार एवं साहित्यकार कसजुको निधन

लतिलपुरको मेडिसिटी अस्पतालमा उपचारका क्रममा वरिष्ठ पत्रकार एवं साहित्यकार विनयकुमार कसजुको निधन भएको छ ।उपचारका क्रममा मंगलबार दिउँसो कसजुको निधन भएको हो ।निमोनियका कारण गम्भीर विरामी भएका उनलाई १९ कात्तिकमा अस्पतालमा भर्ना गरी आईसीयूमा उपचार भइरहेको थियो ।

पाल्पाको तानसेनबाट  कसजुुले आफनो सम्पादनमा सत्य साप्ताहिक ,श्रीनगर त्रैमासिक र गाउँले देउराली साप्ताहिक प्रकाशन गरेका थिए ।कसजुको बालसाहित्यमा उनका ५० बढी कृति प्रकाशित छन् । कसजु राष्ट्रिय सूचना आयोगका पहिलो प्रमुख आयुक्त र राष्ट्रिय समाचार समितिका पूर्वसञ्चालक समिति सदस्य पनि हुन् ।

प्रतिक्रिया दिनुहोस्