२४ बैशाख २०८१, सोमबार

 

खेल विश्लेषण : तेक्वान्दोलाई १२ स्वर्ण

घरेलु मैदानमा जारी १३ औं दक्षिण एसियाली खेलकुद(साग)मा तेक्वान्दोले कूल १२ स्वर्ण जितेको छ ।

सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको एकेडेमी हलमा बिहीबारसम्म सम्पन्न  २९ स्वर्णका प्रतिस्पर्धामा नेपालले १२ स्वर्ण जितेको हो । भुपेन श्रेष्ठले स्वर्ण दिलाएसँगै नेपालले तेक्वान्दोको प्रतिस्पर्धामा कुल १२ स्वर्ण आफ्नो बनाएको थियो । पुरुष ८७ केजी तौल समूहमुनि फाइनलमा भारतका अक्ष होडालाई २९–२७ ले हराउँदै भुपेनले स्वर्ण जितेका हुन् ।

व्यक्तिगतलाई ८ स्वर्ण, टिमलाई ४

सक्षम कार्की, पार्वती गुरुङ, संगीता बस्याल, काजल श्रेष्ठ, वीरबहादुर महरा, कमल श्रेष्ठ, आयशा शाक्य, सिना लिम्बू मादेनले व्यक्तिगत स्पर्धामा स्वर्ण जिते ।

यस्तै निशा दर्नाल, स्वस्तिका तामाङ र सन्जिला तिमल्सिना रहेको टिमका साथै निता गुरुङ, शुसिला राई र प्रसंसा क्षेत्री रहेको टिमले स्वर्ण जित्यो । आयशा शाक्यले एकल पुम्से र पेयर पुम्सेमा संजिवकुमार ओझासँग मिलेर स्वर्ण जितिन् ।

समग्रमा नेपालले आयोजक राष्ट्रको हैसियतले विगतका संस्करणमा भन्दा राम्रो प्रर्दशन गरेको छ । आयशा शाक्य, मण्डेकाजी श्रेष्ठलगायत अनुभवी सिनियर खेलाडीहरूे राम्रो प्रदर्शन गरे । कूल २९ स्वर्णमध्ये १२ स्वर्ण जितेको नेपाली टोलीका अधिकांश सदस्यले पदक जित्न सफल भए ।

मनिता शाही र अप्सरा कार्की  बिहीबार भएको फाइनलमा भारतीय प्रतिद्वन्द्वीसँग पराजित हुँदै रजतमा सिमित भए । उनीहरूबाट पनि टिमले स्वर्णको आशा गरेको थियो ।  १७ देखि २३ वर्ष उमेर समूहमा अस्मिन राउत र सिना लिम्बु मादेनले कास्य जिते । पुम्सेको १७ देखि २३ उमेर समूहमा कृष्ण बहादुर तामाङले रजत जिते ।

पहिलोपटक समावेश गरिएको पुम्से (कला प्रदर्शनी) मा पनि नेपालले सोचेभन्दा राम्रो प्रदर्शन गर्यो । आयशा शाक्यले यही विधामा स्वर्ण जितिन् ।

प्रतिक्रिया दिनुहोस्