१४ कार्तिक २०८३, शुक्रबार

 

दिल्ली–काठमाडौं चल्ने बस प्रहरी नियन्त्रणमा

भन्सार छली गरी ल्याएको करोडौँको सामानसहित दिल्ली–काठमाडौं चल्ने बस प्रहरीले नियन्त्रणमा लिएको छ। पूर्व–पश्चिम राजमार्गअन्तर्गत भुमही चोककाट बसलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए ।

भारतको दिल्लीबाट काठमाडौंका लागि छुटेको ना. ८ ख १२०३ नम्बरको बसमा लुकाइछिपाई ल्याइएको ८ बोरा ट्याकसुट, ८ कार्टुन औषधि, ८ कार्टुन मोबाइललगायतका सामग्री बरामत भएको थापाले बताए। बरामत भएको सामान बससहित आवश्यक कार्वाहीका लागि सुनौली भन्सार कार्यालय चलान गरिएको छ। भन्सार कार्यालयले नै के कति सामान कति मूल्य बराबरको भन्ने मुल्यांकन गर्ने थापाले बताए ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung