२४ बैशाख २०८१, सोमबार

 

बंगलादेशलाई हराउँदै नेपाल फुटबलको फाइनलमा

१३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत नेपाल पुरुष फुटबलको फाइनल प्रवेश गरेको छ । लिग चरणको अन्तिम खेलमा बंगलादेशलाई १–० ले पराजित गर्दै नेपाल फाइनलमा पुगेको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलको ११औं मिनेटमा सुनील बलले नेपाललाई सुरुवाती अग्रता दिलाएका थिए । बाँकी समयमा गोलका लागि थुप्रै अवसर सिर्जना भए पनि दुवै टिम फिनिसिङमा चुकेपछि सुनीलको गोल नै निर्णायक बनेको थियो ।

एक गोलले पछाडि परे पनि बंगलादेशले नेपाललाई निरन्तर दबाबमा राखेको थियो । गोलका लागि बंगलादेशले बनाएका आकर्षक मुभ नेपालका डिफेन्डर तथा गोलकिपरले असफल बनाएपछि नेपालले फाइनलमा स्थान पक्का गर्न सफल भयो ।

दाेस्राे हाफकाे इन्जुरी टाइममा बंगलादेशका कप्तान दाेहाेराे पहेलाे कार्ड पाउँदै बाहिरिएका थिए ।

प्रतिक्रिया दिनुहोस्