२४ बैशाख २०८१, सोमबार

 

१३औं दक्षिण एसियाली खेलकुद (साग) :बास्केटबलको सेमिफाइलमा नेपाल भारतसँग पराजित

१३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष बास्केटबलको सेमिफाइनलमा नेपाल भारतसँग पराजित भएको छ।

सोमबार भएको प्रतिस्पर्धामा नेपाल भारतसँग १०७-५८ स्कोरको विशाल अन्तरमा पराजित भएको हो। यससँगै बास्केटबलमा स्वर्ण जित्ने नेपालको सम्भावना समाप्त भएको छ।

अब स्वर्ण पदकका लागि भारतले श्रीलंकासँग प्रतिस्पर्धा गर्ने छ । सोमबार नै भएको अर्को सेमिफाइनलमा बंगलादेशलाई पराजित गरेर श्रीलंकाले फाइनलमा स्थान बनाएको हो ।

प्रतिक्रिया दिनुहोस्