४ जेष्ठ २०८१, शुक्रबार

 

पाटनमा देखिएको कलात्मक चन्द्रमा

आइतबार साँझ ललितपुरस्थित पाटन दरबार स्क्वायरमा एउटा ‘चन्द्रमा’ देखियो । दरबार स्क्वायरको चार नारायणको मन्दिर अगाडि राखिएको उक्त उज्यालो चन्द्रमा हेर्ने र फोटो खिच्नेहरूको ताँती लागेको थियो ।

सेतो रंगमा धब्बाहरूसहित बनाइएको चन्द्रमा निकै आकर्षक थियो । साँझको समय भएकाले यसलाई टाढाबाट पनि प्रष्ट देखिन्थ्यो । धरानका मिलन राईले यो कलात्मक चन्द्रमा प्रदर्शनमा राखेका हुन् । उनले आफूले विश्वबन्धुत्वको भावनाले यो काम गरेको बताए । चन्द्रमामा प्रकाशको प्रयोग गरेकाे राति अझै चम्किलो देखिएको उनले बताए ।

राईले यो चन्द्रमा पोखरमा पनि प्रदर्शन गर्न तयारी गरिहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्